सुर डायरी

शुक्रबार, २१ साउन २०७३, ०२ : ४९ शुक्रवार , Kathmandu
सुर डायरी

अबुनको ‘केवल तिम्रो यादमा’
गायिका अबुन पाण्डेको ‘केवल तिम्रो यादमा’ बोलको गीत सार्वजनिक भएको छ । अनप्लग गीतमा टीका दाहालको संगीत र रमेश दाहालको शब्द सुन्न सकिन्छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा प्रकृति श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका छन् । भिडियोको छायांकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् ।

सरिताको ‘बारुले कम्मर’
गायिका सरिता प्रजापतिले दोस्रो तीज कोसेली ‘बारुले कम्मर’ बजारमा ल्याएकी छिन् । शब्द र लय पनि सरिताकै रहेको यो गीतलाई सुन्दर लामाले एरेन्ज गरेका छन् । सन्तोष राजबाहकको निर्देशन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा कृस्टिना र सरिता आफँैले अभिनय गरेका छन् ।   

अनीताको ‘झ्याप्पै बरी लै’
गायिका अनीता चलाउनेको ‘झ्याप्पै बरी लै’ बोलको तीज गीत सार्वजनिक भएको छ । स्वरमा उनलाई गायक पशुपति शर्माले साथ दिएका छन् । पशुपतिकै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन शंकर बीसीले गरेका छन् । भिडियोमा अनिल र शंकर स्वयं नाचेका छन् ।

सरुको ‘यसपालि तीजमा’
गायिका सरु गौतम र गायक विर्ख धामीको नयाँ तीज गीत ‘यसपालि तीजमा’ सार्वजनिक भएको छ । सुवास गौतमले लेखेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह, विपना थापा, प्रशान्त र सुरेनले मोडलिङ गरेका छन् । अघिल्लो वर्षको तीजमा पनि सरु र विर्खले ‘नाच्ने हो नाच्ने हो’ बोलको तीज गीत बजारमा ल्याएका थिए ।

Leave A Comment