सतकधारी पारस

शनिबार, १८ असोज २०७६, ०२ : ५१ शुक्रवार
सतकधारी पारस

सिंगापुरमा भइरहेको सिंगापुर ट्राई नेसन सिरिजमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सतक प्रहार गरे। सिंगापुरविरुद्ध ९ विकेटको सहज जितमा पारसले नटआउट १०६ रन बनाए। यो सँगै उनी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने। वन डेमा पनि पहिलोपटक पारसले नै सतक हानेका थिए।

सो खेलमा सतकको रेकर्ड बाहेक अन्य ५ रेकर्ड पनि बनेको छ। यो टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो शतक रह्यो। एकै ईनिङ्समा धेरै छक्का प्रहार गर्ने कीर्तिमान समेत नेपालको नाममा बनेको छ। पारसले नै १ सय ६ रनको शतकीय ईनिङ्स खेल्दा ९ छक्का प्रहार गरे।

सबैभन्दा छिटो शतक प्रहारको रेकर्ड पनि बन्यो यही खेलमा। यो नेपालको टी–ट्वान्टीमा अहिलेसम्मकै ठूलो अन्तरको जित हो। सिंगापुरलाई हराउँदा बनेको एक सय ४५ रनको साझेदारी पनि नेपालका खेलाडीको अहिलेसम्मकै ठूलो रनको साझेदारी हो। टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तानको रेकर्डसमेत पारसको नाममा आएको छ।

Leave A Comment