गजल प्रतिभा सम्मान श्रेष्ठ प्रिया पत्थरलाई

शुक्रबार, ०८ कार्तिक २०७६, ११ : ५५ शुक्रवार
गजल प्रतिभा सम्मान श्रेष्ठ प्रिया पत्थरलाई

यस वर्षको गजल प्रतिभा सम्मान सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने भएको छ। गजल सन्ध्या पोखरा नेपालले प्रदान गर्दै आएको सम्मान कात्तिक ९ गते पोखरामा प्रदान गरिनेछ। सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ। कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषमार्फत गजलकार प्रिया पत्थरलाई सम्मान गर्ने सन्ध्याले निर्णय गरेको हो।

गजलकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी, मन क्षेत्री, उदीपराज ढुंगाना, अमृत सुवेदी सदस्य र सन्ध्याका अध्यक्ष मोहन भण्डारी, सचिव कृष्ण अधिकारी ‘त्रुपक’ पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा लामो समयदेखि सुदूरपश्चिममा रहेर नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा सक्रिय पत्थरलाई सम्मान अर्पण गर्ने निर्णय गरिएको संयोजक समीपले जानकारी दिए।

पत्थर नेपाली गजलमा प्रथम महिला कृतिकार हुन्। विसं. २०४३ सालदेखि गजल लेख्न सुरु गरेकी पत्थरको विसं. २०५३ सालामा “पग्लिएका व्यथाहरु’ नामक गजल सङ्ग्रह प्रकाशित छ। पत्थरका प्रलापहरु (२०५९), आँसुको सौगात (२०६०), ओभाएका छैनन् आँखा (२०६७) उनका गजल संग्रह हुन्। पत्थरका उपन्यास, कथा, कविता गरी १६ थान पुस्तक प्रकाशित छन्।

Leave A Comment