यौनको पूर्व तयारीका चार चरण

मङ्गलबार, २६ कार्तिक २०७६, ११ : ४० डा. दिनेश बाँस्ताेला
यौनको पूर्व तयारीका चार चरण

हरेक  व्यक्तिको स्वभाव र बानी–व्यवहार फरक हुन्छ। पहिलोपटक यौन सम्पर्क गर्नका लागि यौन जोडीले जसरी पूर्व तयारी गर्नु आवश्यक हुन्छ, त्यसैगरी शिशुको जन्म भएपछि यौैन जोडीले यौन सम्पर्कका लागि पूर्व तयारी गर्नु आवश्यक हुन्छ। शिशुको जन्म भइसकेपछि यौन सम्पर्क गर्ने अवस्थामा पुग्नु पूर्व विशेषगरी पुरुषले महिला यौन जोडीलाई कस्तो प्रक्रिया अपनाउँदा कामोत्तेजनामा ल्याउन सकिन्छ भन्ने विषयमा त ध्यान पु-याउनु पर्छ  नै। यसका लागि दुवै यौन जोडीले एक आपसमा छलफल गरी मनोभाव बुझ्न आवश्यक हुन्छ।

सामान्यतः यौन जोडीबीच यौन सम्पर्कको तयारीका लागि पहिलो भेट भएको करिब दुई महिनाको समय लाग्छ। जोडीको भेट भैसकेको अवस्थामा समेत शारीरिक तथा मानसिक तयारीका लागि यति समय लाग्छ। तर सबैमा यो लागू हुन्छ नै भन्ने छैन। सामान्यतः शिशु जन्मिसकेपछि महिलालाई यौन सम्पर्कको तयारीका लागि कम्तीमा दुई महिनाको समय लाग्छ। सुत्केरीपश्चात् यौन सम्पर्कको पूर्वतयारीका विभिन्न चरण छन्। विभिन्न चरण पार गरी यौन सम्पर्कमा सरिक हुनु उचित हुन्छ।

पहिलो चरण
यौनसम्पर्कका लागि पूर्प तयारीको पहिलो चरणमा सुत्केरी भएको दुई महिनापश्चात् यौन जोडी सामान्य हिँडडुल गर्ने, हराभरा पार्कमा आनन्दले रमाउनुका साथै रेष्टुराँमा खान जाने तथा सिनेमा हेर्न जानु उचित हुन्छ। यसरी यौन जोडी हिँड्ने तथा रमाइलो गर्नाले आत्मियता बढ्नुका साथै महिलाले शिशु जन्माउँदाको प्रसव पीडा भुल्न सहायता मिल्छ। यो महिलाले आफू शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भए–नभएको तथा पूर्व सामान्य अवस्थामा आए–नआएको जाँच्ने मौकासमेत हो।

शिशु जन्माउँदा योनि च्यातिने भएकाले च्यातिएका मांशपेशी सिलाइएको हुन्छ। त्यसको पीडा महिलाको अचेतन मस्तिष्कले पछिसम्म सम्झाइरहेको हुन्छ। त्यसैले सामान्यतः तत्कालै विनातयारी महिला शारीरिक तथा मानसिकरुपमा यौन सम्पर्कका लागि तयारी हुँदैनन्। यस्तो अवस्थामा पुरुष यौन जोडीको यौन प्रस्तावलाई उनले अस्विकार गर्ने सम्भावना प्रबल हुन्छ।  यसरी हिँड्डुल गर्दा शिशुलाई तीन घण्टाभन्दा बढी नछोडेकै उचित हुन्छ। हिँडडुल गर्दा शिशुको हेरचाह गर्ने व्यक्तिको आवश्यक हुन्छ।

महिला यौन जोडीसँग पुरुषले गैर यौनजन्य स्पर्श गर्न, चुम्बन गर्न तथा प्रेम भाव प्रकट गर्न सकिन्छ। यौन जोडी सँगै रहेर वर्षा–झरी, पानीका फोहोरा, झरना, धारामा सँगसँगै नुहाउनु उचित हुन्छ। यसले यौन जोडीलाई रोमान्स प्रदान गर्छ। त्यसैगरी सँगै नुहाउनु उचित हुन्छ। नुहाउँदा दुवै जोडीले एक–अर्कालाई साबुन लगाइदिनु उचित हुन्छ। यसरी एक–आपसमा साबुन लगाउँदा विशेषगरी महिलाले आफूलाई विशेष ध्यान दिएको महसुस गर्छन्। उनले आफू सुरक्षित भएको महसुस गर्छिन्। यस्ता क्रियाकलापले महिला यौन जोडी यौन सम्पर्कका लागि शारीरिक तथा मानिसकरुपमा तयारी हुन सहयोग पुग्छ। यौनको चाहना राख्ने पुरुष यौन जोडीले महिलालाई दैनिक अँगालो हाल्ने, हल्का चुम्बन गर्न जरुरत हुन्छ। गाला, निधार, पेट, नाकको टुप्पो, पिठ्युँ, स्तन, तिघ्रा, साँप्रो ओठमा चुम्बन गर्नाले प्रेम भाव मात्रै हैन यौन उत्तेजना बढाउन समेत सहयोग पुग्छ। पुरुष यौन जोडीले महिला यौन जोडीको कपाल कोरिदिने, चुल्ठो मिलाइदिने, भान्सामा सहयोग गर्नेदेखि लिएर शौचालय जाँदासमेत सहयोग गर्नु उचित हुन्छ।

यौनजन्य क्रियाकलाप नगरे पनि यौन जोडी दैनिक १० मिनेट सँगै सुत्ने तथा अंकमाल गर्न भने छुटाउनु हुन्न। यो भद्र बाटोले यौन जोडीलाई एक–आपसमा नजिक राख्न मात्रै हैन, आनन्दमयी यौन भाव पैदा गर्छ। स्पर्शले  सुखानुभूति पैदा हुन्छ। यसरी प्रेम भाव दर्शाउँदा जोडी नबोली चुप रहनु नै बुद्धिमता हुन्छ। यस्तो अवस्थामा यौन जोडीलाई चिढ्याउनु तथा अनावश्यक कुरा गर्ने तथा बखेडा निकाल्नु हुन्न। करिब १० मिनेट यस्ता प्रेममयी क्रियाकलाप गरिसकेपछि सुमधुर ढंगले यौनसम्बन्धी बातचित गर्नुपर्छ।

सामान्यतः महिलाले काखी, स्तन, गुप्ताङ्गजस्ता यौन उत्तेजित क्षेत्रमा बढी छोएको, चलाएको र थिचेको मन नपराउने भएकाले यसमा पुरुष सचेत हुन आवश्यक छ। शिशु भएको अवस्थामा महिलाको स्तन चलाउँदा दुध झर्न सक्छ। योनि चलाउँदा च्यातिएको योनि तथा मांशपेशीमा पीडा हुन पुग्छ भने काखी चलाउँदा यौन उत्तेजना बढ्न सक्छ।

दोस्रो चरण
दोस्रो चरणमा यौन जोडीले गैर यौनजन्य मालिसको तौर तरिका अपनाउनु पर्छ । शरीर मुलायम बनाउने विभिन्न किसिमका क्रिम वा तेलले जोडीबीच एक आपसमा मालिस गर्न सकिन्छ। जसले दुवैलाई आनन्दित तुल्याउँछ। यसरी मालिस गर्दा दैनिक नवजात शिशुलाई प्रयोग गर्ने तेलको प्रयोग गर्न सकिन्छ। विशेषगरी शरीरको पछाडिको भाग, टाउको र खुट्टामा मालिस गर्नुपर्छ।

यो चरणको उद्देश्य भनेकै महिलाको शरीर खुकुलो बनाउनु हो। त्यसपछि एक आपसमा स्पर्शको आनन्द लिन सकिन्छ। स्पर्शलगायतको क्रियाकलाप गर्दा सुत्केरी अवस्था पार गर्दै गरेकी महिलाले सक्षमता तथा शक्ति प्रदर्शन गरेको अवस्थामा एकीकृत कामवासनाजन्य मालिस गरिदिन पुरुष यौन जोडी तयार हुन आवश्यक हुन्छ। महिला यौन जोडीको शरीर मालिस गर्दा शरीरका सम्पूर्ण भागको बाहिरि र गहिरोरुपमा मालिस गर्नु पर्छ। यस्तो मालिस गर्दा शरीरिक अवस्था अनुसार आनन्द हुने किसिमले सल्लाह गर्नु उचित हुन्छ। के–कस्ता आनन्दमयी क्रियाकलाप गर्दा यौनजन्य आनन्द आउँछ भन्ने विषयमा एक आपसमा छलफल गर्नु उचित हुन्छ। यो अवस्थामा पुरुषले यसरी मालिस गरिदिँदा यौन उत्तेजना र यौन क्रियाकलाप गर्ने उद्देश्य भने राख्नु हुन्न।

मालिस गर्दा प्रेमसम्बन्धी कल्पना गर्नुका साथै सुमधुर गीत–संगीतको धुनमा आनन्द लिन सकिन्छ। त्यति मात्रै हैन मनोरञ्जनात्मक श्रव्य–दृश्य सामग्री हेर्न सकिन्छ। जसले एक आपसमा मोहित बनाउनुका साथै कामोत्तेजना बढाउन सहयोग पुग्छ।

तेस्रो चरण
मालिस सकिसकेपछि यौन सम्पर्कको पूर्व तयारीका लागि तेस्रो चरणमा प्रवेश गर्न सकिन्छ। तेस्रो चरणमा महिला यौन जोडीलाई पुरुषले मौलिकता र कल्पनाको संसारमा घुमाउन प्रोत्साहित र प्रेरित गर्नु पर्छ। अंकमाल गर्दा दुवैका हातका औँलाले एक–अर्काको कपाल तथा शरीर सुम्सुम्याउनु उचित हुन्छ। त्यसैगरी यौनाङ्गका रौँ हल्कागरी चलाउन सकिन्छ। यस्तो क्रियाकलापले मौखिक जनेन्द्रियजन्य आनन्द र सुख लिन सकिन्छ। यसमा कन्जुस्याइँ गर्नु हुन्न।

यसरी जोडीले प्रेम तथा यौनजन्य क्रियाकलाप गर्दा शिशु पूर्णरुपमा अर्को कोठामा निदाएको हुनुपर्छ। यौनजन्य क्रियाकलाप गरिरहँदा नवजात शिशुको झझल्कोले अवरोध ल्याउन सक्छ। जन्मेको एक महिनासम्ममा शिशु २२ घण्टा सुत्छन् भने दुई महिना लागेपछि १८ घण्टा सुत्छन्। उमेर बढ्दै जाँदा निदाउने चरण कम हुँदै जान्छ। त्यसैले शिशु मस्त निदाएको समयमा यौन जोडीले यौनजन्य क्रियाकलाप गर्नु उपयुक्त हुन्छ। टेलिफोन तथा मोबाइलका घण्टी बन्द गर्नु पर्छ। यौनानन्दको समयमा यस्ता अनावश्यक उपकरणले बाधा पु¥याउँछन्। यस्तो अवस्थामा समय र धैर्यताको बडो महŒव हुन्छ।

चौथो चरण
अब लागौँ चौथो चरणतिर। चौथो चरणमा यौन जोडीले यौनजन्य सम्पर्क र मैथुनलाई प्रोत्साहन तथा प्रेरित गर्र्न सकिन्छ। सुत्केरी भएपश्चात् पहिलोपटक यौन सम्पर्क गर्नुपूर्व महिलालाई यौन जोडीको लिंग आफ्नो योनीभित्र पसाउँदा दुख्छ कि भन्ने डरले सताउँछ। सामान्य तरिकाले शिशु जन्माएका महिलामा विशेषगरी यस्तो डर हुन्छ। तल्लो पेट तथा पाठेघर चिरेर शिशु निकालेका महिलालाई भने पुरुषको तौलले थिचेर दुख्ला भन्ने डर हुन्छ। पुरुष यौन जोडीलाई समेत यस्तो डर पैदा हुनु स्वाभाविकै हो। यौन जोडी महिलाले चित्त दुखाउलिन् कि भन्ने समेत चिन्ताले पुरुषलाई सताएको हुन्छ। दुवैको यस्तो डर तथा चिन्ता हटाउनका लागि महिलाको तल्लो पेटका साथै योनि र गुद्वार बीचको मांशपेशीलाई मालिस गर्ने प्रविधि र ढंग प्रयोग गर्न सकिन्छ। यस्तो मालिस महिला आफैँ वा पुरुष यौन जोडीले गरिदिन सकिन्छ। महिलाले यौन सम्पर्कका लागि तयार भएको वा नभएको बारे आफ्नो शरीर आफैँले महसुस गर्न सक्छिन्। बुढी औँलाले अंग तथा योनिमा चाप दिइ थिचेर थाहा पाउन सकिन्छ। योनीमा चाप दिँदा नदुखेको अवस्थामा यौन सम्पर्क गर्न सकिन्छ। यौन सम्पर्कका लागि शारीरिकरुपमा तयारी नभएको अवस्थामा योनि र गुद्वारको बीचको भागमा मालिस गरी यौनका लागि अभ्यस्त हुन पूर्ण तयारी गर्न सकिन्छ। स्तन गनिएको तथा पिलो आएको अस्थामा भने यौन सम्पर्क नगरेकै राम्रो।

त्यसैले शिशु जन्मिएपछि पहिलोपटक यौन सम्पर्क गर्दा यौन जोडीले होसियारीपूर्वक र सुरक्षित किसिमले यौन सम्पर्क गर्नु पर्छ। छोएर, चलाएर, स्पर्श गरेर, अंकमाल, चुम्बनजस्ता क्रियाकलाप गरी यौन उत्तेजना ल्याउन सकिन्छ।

यस्ता सम्पूर्ण पूर्वाधार तथा पूर्व तयारी भैसकेपछि महिलाले पुरुष यौनजोडीलाई यौन सम्पर्कको स्वागतका लागि हरियो बत्तीको संकेत गर्न सक्छिन्।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment