क्याटलिनको जवानी

बुधबार, ११ मङि्सर २०७६, १२ : ३३ शुक्रवार
क्याटलिनको जवानी

रियलिटी स्टार क्याटलिन जेनर जंगलमा नुहाइरहेको दृश्य अहिले भाइरल भइरहेको छ। जंगल क्याम्पसम्बन्धी रियलिटी सोमा सहभागी उनी उमेरमा ७० टेकिसकिन्। तर उनको शारीरिक बनावटले उनको उमेर छेकिरहेको थियो।

अहिले उनको पार्टनर छन्, जेम्स हस्कल। जोडी बाँधिएसँगै उनले जंगलमा बिकिनी लगाएर नुहाइन्। उनका फ्यान बुढ्यौली उमेर भनिने ७० मा पनि फिट र आकर्षक शरीर देखेर छक्क परे। कालो बिकिनीमा उनले आफ्नो शरीरका सबै अवयव छर्लङ्गै देखाइदिएकी थिइन्।

उनको फिट शरीर देखेर उनका फ्यान छक्क पर्दै आफ्नो शरीरसँग दाँज्दै सोसल मिडियामा लेख्न थाले, ‘७० वर्षीया क्याटलिनको फिट बडी देखेर छक्क परेँ। यसो आफ्नो शरीर हेरेको त लाजै लागेर आयो !’

Leave A Comment