भूमिलाई बिहेको प्रस्ताव

बिहिबार, २६ मङि्सर २०७६, ११ : ११ शुक्रवार
भूमिलाई बिहेको प्रस्ताव

आफ्नो प्रिय कलाकारका लागि जुनसुकै हदसम्म पनि जान तयार हुने फ्यान देखिरहन्छन् बेलाबखत। अझ बलिउडमा त तालतालका फ्यानका तालतालका काम सार्वजनिक भइरहन्छ। सेलिब्रिटीको एक झलक पाउन महिनौँ सेलिब्रिटीको घर अगाडि उभिने फ्यान पनि यहीँ छन्।

अहिले सामाजिक सञ्जालले प्रत्यक्ष कुराकानी गर्ने सुविधा पनि दिएको छ तर सबै सेलिब्रिटी सबै फ्यानको जवाफ फर्काउँदैनन्। यो मामिलामा बलिउड अभिनेत्री भूमि पेडनेकर केही फरक देखिएकी छन्। उनले आफ्नो फ्यानको जवाफ मात्र दिइनन्, उनलाई आश्वस्तसमेत बनाइन्। भूमिलाई उनका फ्यानले टुइटरमा विवाहको प्रस्ताव राखेका थिए।

उनको तस्बिर नहेरी बस्नै नसक्ने भन्दै उनले सेलिब्रिटी भएकाले ननसेलिब्रिटीसँग पक्कै विवाह गर्दैनन् भन्दै लेखे, ‘तपाईं साधारण युवती भएको भए।’ उत्तरमा उनले विवाहका लागि सेलिब्रिटी ननसेलिब्रिटी केही नहुने तर अहिले आफू काममा निकै व्यस्त भएकाले विवाहबारे केही नसोचेको भन्दै नयाँनयाँ फिल्ममा आएर फ्यानको आफूलाई हेर्ने इच्छा पूरा गरिरहने बताइन्। विवाह त पक्कै सम्भव नहोला। यत्ति उत्तर पाउँदा पनि ती फ्यान पक्कै मक्ख त पर्छन् नै।

Leave A Comment