ब्राड पिटको जोक

बिहिबार, ०२ माघ २०७६, ०१ : ५७ शुक्रवार
ब्राड पिटको जोक

गोल्डेन ग्लोब अवार्डमा हलिउड नायक ब्राड पिट एक्लै आए। एन्जेलिना जोली र जेनिफर एनिस्टनसँगको सम्बन्ध टुटेपछि यी नायकको नाम फरक फरक युवतीसँग जोडिने गरेको छ। मिडियामा उनको लभ लाइफबारे गसिप आइरहन्छ। उनले यस्ता गसिपलाई उडाउन कार्यक्रममा एक्लै आएका रहेछन्। ‘वन्स अपन अ टाइम इन हलिउड’ फिल्मबाट बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएका उनी जब माइक समाउन पुगे, उनले भने, ‘म यो कार्यक्रममा आमालाई लिएर आउने योजनामा थिएँ तर ल्याइनँ किनकि मसँगै जो महिला उभिन्छन्, डेटमा रहेछन् भनेर हल्ला भइहाल्छ !’ उनले यसरी मिडियालाई उडाउँदा कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो।

Leave A Comment