वाहियात ड्रेसको चर्चा !

बिहिबार, ०९ माघ २०७६, १२ : ३९ शुक्रवार
वाहियात ड्रेसको चर्चा !

हालै बलिउडमा भएको एउटा कार्यक्रममा कलाकारको भिड जम्मा भएको थियो। कलाकारको भिड जम्मा हुनु र तिनको ड्रेसको चर्चा नहुनु त भएन ! नहुने कुरै हुँदैन ! त्यसैले पत्रकारहरुले चाहिँ कार्यक्रमका उम्दा र वाहियात ड्रेस लगाउने कलाकारको सूची नै तयार पारे।

रोचक त के छ भने सधैँ सुन्दर ड्रेसमा देखापर्ने कृति सेननको ड्रेस उति रुचाइएन, त्यसैले उनी आलोचनाको घेरामा परिहालिन्।

यस्तै हुमा कुरेसीले ‘छपाक’को विशेष सोमा लगाएको ड्रेसको पनि केहीले जमेरै आलोचना गरे।
त्यस्तै श्रद्धा कपुरले लगाएको लेदरको ब्यागी पेन्टलाई धेरैले छिःछिः पनि भने। खासमा स्ट्रिट डान्सर फिल्मको प्रमोसन गर्न लगाइएको यो पेन्टले खासै आकर्षण गर्न सकेको थिएन।

अभिनयको मामिलामा राम्रै काम गरिरहेकी कंगना रनावटलाई भने लगाउने मामिलामा त्यति अक्कल आउँदैन। उनको सारी लवाईलाई धेरैले वाहियात ड्रेसको सूचीमा राखे।

Leave A Comment