रेखाको नयाँ काम

बुधबार, १५ माघ २०७६, १२ : ५३ शुक्रवार
रेखाको नयाँ काम

सबिर श्रेष्ठ र रेखा थापा दुःखका साथी हुन्। फिल्म निर्देशनमा सहायक रहँदा रेखाको फिल्मी संघर्ष शुरु भएको थियो। यत्तिको लामो समयमा यी दुईको केमेस्ट्री निकै मिल्छ। त्यसैले त जब जब रेखालाई संकट पर्छ, उनी सहयोगका लागि हरदम तयार भइहाल्छन्।

रेखालाई यतिबेला नयाँ फिल्मको संकट लागिरहेको छ। रेनशा वान्तवा राई राणालाई निर्देशनको जिम्मेवारी दिएको लामै समय भइसक्यो। फिल्मको नाम सार्वजनिक नगरी जिम्मेवारी दिएको काम अघि नबढेपछि यतिबेला नयाँ फिल्मको घोषणा गरेकी छन्। र, निर्देशकका रुपमा पुरानै भरोसायोग्य व्यक्ति सबिर श्रेष्ठलाई निर्देशनको जिम्मेवारी सुम्पेकी छन्।

फिल्म अब पक्कै बन्छ भन्ने कुरामा किन पनि ढुक्क हुन सकिन्छ भने दयाहाङ राई र सौगात मल्ल जो अनुबन्धित भएका छन् !

रेखाले दयासँग ‘नीरफूल’मा अभिनय गरेकी थिइन् भने सौगातसँग उनको यो पहिलो अनुभव हुनेछ। अब कथाले नै सौगात र दयाहाङ मागेपछि रेखाले यो फिल्मको काम अघि बढाएको दाबी गरिरहेकी छन्।
फिल्म उद्योग पूरै उत्तानो चित परेको बेला उनको यो घोषणा कत्तिको पूरा हुने हो, उत्सुकता भने छँदैछ।

Leave A Comment