रहेनन् कोबे

शनिबार, १८ माघ २०७६, ०१ : ३८ शुक्रवार
रहेनन् कोबे

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित नौ जनाको मृत्यु भएको हो।

४१ वर्षीय ब्रायन्टसहित नौ व्यक्ति सवार निजी हेलिकप्टर लस एन्जल्स काउन्टी सेरिफनजिकै खसेपछि आगलागी भएको थियो। पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान् खेलाडीमध्ये एक मानिन्छ।

Leave A Comment