सहनायिकाका रुपमा फिल्ममा देखिदै आएकी अभिनेत्री सुपुष्पालाई दुःख छ। दुःख केको छ भने अहिलेसम्म उनको स्वतन्त्र पहिचान बनिसकेको छैन। अब पछिल्लै घटना लिऊँ न ! तेस्रो फिल्म ‘चपली हाइट ३’मा पनि उनी सहअभिनेत्रीकै भूमिकामा छिन्। तीन वटा फिल्ममा रिलिज गर्दा पनि दर्शकले नोटिस गर्न सकिरहेका छैनन्।
‘चपली हाइट ३’को ‘चार आनाको मसला’ गीत रिलिज हुनेबित्तिकै चर्चित भयो। गीतलाई दर्शकले मन पराइरहेका छन् तर गीतमा नाच्ने स्वस्तिमा खड्का र सुपुष्पामध्ये को हुन्, दर्शकले अझै छुट्याउन सकेका छैनन्। रातो लुगामा डान्स गरिरहेकी सुपुष्पालाई अधिकांश दर्शकले स्वस्तिमा खड्का भन्दै तारिफ गरिरहेका छन्।
दर्शकले नै नचिनेपछि कसको के लाग्दोरहेछ ! अभिनय गर्ने सुपुष्पा, नाम स्वस्तिमाको ? स्वस्तिमाको खप्परै बलियो भएपछि कसको के लाग्दोरहेछ र !
Leave A Comment