ब्रेकअपको स्पष्टीकरण

बिहिबार, २२ फागुन २०७६, ११ : ३९ शुक्रवार
ब्रेकअपको स्पष्टीकरण

कुनै बेला साहिद कपुर र करिना कपुर गहिरो प्रेम सम्बन्धमा थिए। उनीहरुको प्रेम सम्बन्धलाई बलिउडमा उदाहरणको रुपमा लिइन्थ्यो। कयौँ निर्माता र निर्देशक उनीहरुलाई चलचित्रमा एकसाथ लिन हानथाप गर्थे। परिस्थिति उनीहरुकै पक्षमा थियो। यद्यपि उनीहरुको त्यो प्रेम सम्बन्धले उचित गति लिन सकेन। र, सन् २००७ मा उनीहरुको ब्रेकअप भयो।

ब्रेकअपपछि करिनाले कहीँकतै पनि आफ्नो धारणा सार्वजनिक रुपमा राखेकी थिइनन् तर अनुपमा चोपडासँगको अन्तरवार्ता भने उनले सम्पूर्ण घटनाक्रम खुलेरै बताइन्। अन्तरवार्तामा उनले साहिदकै सिफारिसमा ‘जब वि मेट’ चलचित्र गरेको र अर्को चलचित्र ‘तशन’मा काम गर्दा सैफ अली खानसँगको भेटपछि ब्रेकअप भएको खुलासा गरिन्। यति मात्र होइन, उनले अन्तरवार्तामा साहिदसँगको ब्रेकअपबारे बोल्ने क्रममा जीवनको निश्चित गति हुने र त्यो सम्बन्ध सफल नहुनुमा भाग्यको खेल भनेर स्पष्टीकरण दिइन्।
कसैको भाग्यमा साहिद–करिनाको जस्तो ब्रेकअप नपरोस्।

Leave A Comment