एउटा अभिनेत्रीको आत्मानुभूति

बिहिबार, २९ फागुन २०७६, ०२ : ०३ शुक्रवार
एउटा अभिनेत्रीको आत्मानुभूति

बलिउड चलचित्र ‘अङ्ग्रेजी मेडियम’ बहुप्रतिक्षित चलचित्रहरुमध्ये एक हो। यस चलचित्रमा इरफान खानले, करिना कपुर र राधिका मदनको मुख्य भूमिका रहने छ। करिना र राधिका चलचित्र प्रमोसनमा व्यस्त छन् भने इरफान प्रतिकूल स्वास्थ्यका कारण कुनै पनि प्रमोसन कार्यक्रममा उपस्थित हुन सकेका छैनन्। यस्तोमा एउटा समूहगत अन्तरवार्तामा राधिकालाई इरफान खानसँगको पहिलो भेट र स्वास्थ्यस्थिति बारेमा जानकारी दिन अनुरोध गरिएको थियो।

यस अनुरोधको सम्मान राख्ने क्रममा राधिकाले आत्मानुभूति व्यक्त गर्दै भनिन्, ‘उहाँले कसैलाई पनि आफू बिरामी भएको कुरा अनुभूत गर्ने अवसर दिनु भएन। उहाँ एकदम सकारात्मक हुनुहुन्थ्यो। प्रत्येक दृश्यमा समाहित हुनुहुन्थ्यो। अस्वस्थ हुँदाहुँदै पनि कामप्रति उहाँको प्रयास प्रशंसनीय छ। उहाँलाई सहज अनुभूत गराउनका लागि चलचित्र निर्माण टिमबाट पनि हरेक किसिमको सहयोग उपलब्ध भयो।’

सोही अन्तरवार्तामा राधिकाले इरफान सँगको पहिलो भेटलाई वर्णन गर्दै भनिन्, ‘जब उहाँ सेटमा आउनु भयो, मैले बुबा भनेर सम्बोधन गरेँ र उहाँले पनि छोरीको रुपमा माया गर्नु भयो। मलाई उहाँ कहिल्यै स्टारजस्तो लागेन। हामीबीच बुबा छोरीको सम्बन्ध स्थापित भयो। मलाई उहाँको दारी जुँगा, कपाल र टाइसँग खेल्ने स्वतन्त्रता थियो। उहाँका अगाडि सधैँ सहज अनुभूत हुन्थ्यो।’
यो प्रकृतिको प्रेम, सम्मान र घनिष्ठता चलचित्रमा पनि देख्न पाइयोस्।

Leave A Comment