बेन–अना प्रेममा?

बिहिबार, ०६ चैत २०७६, ११ : ५१ शुक्रवार
बेन–अना प्रेममा?

हलिउड अभिनेता बेन एफ्लेक र स्पेनी अभिनेत्री अना डि अर्माशले साइकोलजीकल थ्रिलर ‘डिप वाटर’ चलचित्रमा हालसालै काम गरेर सके। चलचित्रका सम्पूर्ण छायाङ्कन सकिए पनि बेन र अना एक साथ देखिने, गुणवत्ता समय व्यतित गर्ने सिलसिला भने सकिएको छैन।

केही समयअगाडि बेनले अनाको शहर हभाना, क्युबाको यात्रा गरेका थिए। त्यस यात्रामा बेन र अना एकसाथ किनमेलमा हिँडे। दुवै जनाले इन्स्टाग्राम स्टोरी पनि राखे। उनीहरु हभाना शहरको रेस्टुराँमा एकसाथ देखिए। त्यहाँका कर्मचारी लगायत फ्यानहरुसँग फोटो पनि खिचे। यति मात्र होइन, बेन अनामार्फत स्पेनी भाषा पनि सिक्दैछन्। यी सम्पूर्ण गतिविधिका आधारमा फ्यानहरु बेन र अना एकअर्काको प्रेममा रहेको हुन सक्ने अनुमान गरिरहेका छन्।

Leave A Comment