नक्कली नारीवादी

बिहिबार, २७ चैत २०७६, ०२ : २० शुक्रवार
नक्कली नारीवादी

‘एमटिभी रोडिज रिभोलुसन’ युवालक्षित रियालिटी टेलिभिजन सो हो। यो भारतीय टेलिभिजनमा प्रसारण हुने प्रख्यात कार्यक्रमहरुमध्ये एक हो। बलिउड अभिनेत्री नेहा धुपिया यस रियालिटी शोको जज (निर्णायक) मध्ये एक हुन्। उनी सन् २०१६ देखि हालसम्म यस कार्यक्रममा सक्रिय छिन्।

अहिले यो रियालिटी सोको विभिन्न सहरमा अडिसन भएका श्रृंखलाहरु प्रसारण भइरहेका छन् र प्रतिक्रिया पनि सकारात्मक नै देखिन्छ। यद्यपि पछिल्लो श्रृंखला भने निकै विवादमा तानियो। यसको मुख्य जड हो, नेहा र एक प्रतियोगीबीच भएको संवाद।

उक्त श्रृंखलामा एक जना प्रतियोगीले विगतमा प्रेमिकाले पाँचजना केटाका लागि आफूलाई धोका दिएको र त्यसैकारण थप्पड हानेको स्वीकारेका थिए। यस स्वीकारोक्तिले केही जज रिसाए तर नेहाले भने उग्र रुप लिइन्। अनि त्यसैक्रममा प्रतियोगीलाई सुझाव स्वरुप भनिन्, ‘त्यो उनको रोजाइ थियो। उसलाई थप्पड हान्ने अधिकार कसैलाई पनि छैन।’ यस किसिमको प्रतिक्रियाले कार्यक्रमका प्रशंसकहरु खुसी छैनन् र नेहालाई आलोचना गर्न र ट्रोल गर्न व्यस्त छन्। यतिसम्म कि उनलाई नक्कली नारीवादीको बिल्लासमेत भिराउने सिलसिला जारी छ।

Leave A Comment