रिस पोख्दै सुस्मा

बुधबार, २४ असार २०७७, ०२ : ५९ शुक्रवार
रिस पोख्दै सुस्मा

नायिका सुस्मा कार्की काम कम र विवादास्पद टिप्पणी गरेर धेरै चर्चामा आएकी नायिका हुन्। प्रायः निर्माता–निर्देशक पनि उनको काम देखेर तर्सिन सुरु गरिसकेका छन्। हातमा फिल्म छैन, भएको एउटा ब्वाइफ्रेण्ड पनि पूजाको पछाडि लट्टु छन्, गर्ने पनि के त ?
यही झाेँकमा उनी बदनाम हौं तर गुमनाम नहोऔं वाला रणनीतिमा काम गरिरहेकी छन्। केही साता अघि मात्रै पूजा शर्मालाई रुप न रङकी नायिका भनेर विवादास्पद टिप्पणी दिएकी थिइन्। यसको बदला पूजाले होइन, पूजाका फ्यानले लिएका थिए, अनेक फतुर र टिप्पणी गरेर।

तर त्यस्ता सानातिना टिप्पणीले उनलाई छोएन। उल्टै पूजा आफँैले फेक आइडी बनाएर आफूलाई धम्क्याएको आरोप समेत सुस्माले लगाइन्। ती सबै पंगा चलिरहेकै बेला पूजा शर्माको सामान्य ज्ञानसम्बन्धी कमजोरी फेला पारेपछि सुस्माले छाड्थिन् त ? छाड्ने कुरै भएन नि ! त्यसैले सुस्मा यतिबेला सबै काम छोडेर पूजाको ‘कर्तुत’ बाहिर ल्याउने र ब्वाइफ्रेण्ड खोसेको रिस पोख्ने दाउमा छिन्। यो कुरा उनको सोसल मिडियामा पुग्नेबित्तिकै थाहा भइहाल्छ। यो हो नि त मौकामा चौका हान्ने तरिका ! कसैले बदला लिन त सुस्माबाट सिकोस् !

Leave A Comment