मुस्कुराउने भइन् वर्षा

शनिबार, १० साउन २०७७, ०२ : ०२ शुक्रवार
मुस्कुराउने भइन् वर्षा

नेपाल र भारतको सीमा विवादले चरमोत्कर्ष लिइरहेका बेला, आफ्ना भारतीय शुभचिन्तकहरुको चिन्ता गरेको भन्दै सामाजिक सञ्जालमा तुच्छ गालीको शिकार बनेकी वर्षा राउत अब भने मुस्कुराउने भएकी छन्। अवस्था अति नै खराब बनेपछि उनका पति सञ्जोग कोइरालाले, युट्युबमा लामो भिडियो नै बनाएर स्पष्टीकरण दिनुपरेको थियो। 

उक्त भिडियोपश्चात् केही मत्थर भएको गालीवाला झुण्ड अन्तै व्यस्त हुन थालेपछि वर्षा भने मुस्कुराउने भएकी हुन्। यो कुरा उनले भिडियो बनाएरै सञ्जोगले सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा आएका आपत्तिजनक प्रतिक्रियाका कारण उनी निकै दुःखी रहेको र आफ्नी पत्नीलाई त्यो दुःखको पहाडबाट पार लगाउन आफूले गरेका अनेकन् प्रयासहरुबारे पनि सञ्जोगले भिडियोमा बताउन भ्याएका थिए।

जे होस्, सञ्जोगको त्यो प्रयास हो या अन्य कारण, उनी यतिबेला तनावपूर्ण अवस्थाबाट भने मुक्त भएको देखिन्छिन्। त्यसैले त अहिले उनी घरमै बसी–बसी अनलाइन सपिङका विज्ञापन र टिकटक निर्माणमा लागिपरेकी छन्। गल्ती गरेपछि, पानीमुनि गए पनि गाली गर्न नछाड्ने फ्यानबाट मुक्ति पाएकामा वर्षालाई पनि बधाइ छ।

Leave A Comment