रहेनन् गायक सुनील बर्देवा

बुधबार, २९ भदौ २०७३, ०९ : ४४ शुक्रवार , Kathmandu
रहेनन् गायक सुनील बर्देवा

गायक तथा संगीतकार सुनील बर्देवाको निधन भएको छ। उनको मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिए।

कलेजोमा समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। बर्देवाको गोरेटो अनि उस्तै छ गल्ली... लगायतका गीतहरु चर्चित छन्।   उनमा संगीतको एक मात्र विधामा नभएर सबै विधामा प्रखर रहेको शेषले बताए। उनका ‘बेस्ट अफ सुनील बर्देवा’ ‘जब म’, ‘मेरो गितार’, लगायतका गीति एल्बम छन्।

Leave A Comment