‘राम्रो गीत गाए बाँच्न सकिन्छ’

सोमबार, २४ जेठ २०७३, ०१ : ४७ शुक्रवार
‘राम्रो गीत गाए बाँच्न सकिन्छ’


–भानुभक्त ढकाल
संगीतकार÷गायक

अहिलेसम्म कति गीत गाउनुभयो ?
आधुनिक, लोक, गजल, स्वेदशगान र  बालगीत  गरी ४०–५० वटा गाइयो ।

संगीत कति गर्नुभएको छ ?
करिब १५० गीतमा ।
पहिलो गीतमा ‘ब्रेक’ कसरी पाउनुभयो ?
मैले २०५५ मा रेडियो नेपालमा स्वर परीक्षा पास गरेँ । पहिलो पटक रेडियो नेपालकै स्टुडियोमा ‘तिम्रो माया स्वार्थी र झुटो थियो भने’ बोलको गीत गाएँ । यो गीतमा शब्द, संगीत र स्वर मैरै थियो ।
पहिलो पटक स्टुडियोमा गाउँदाको अनुभव ?
पहिले पनि स्टेजमा गाइरहेकाले स्टुडियोमा गाउँदा त्यति नौलो लागेन । गीत गाइसकेपछि रेडियो नेपालबाट त्यो गीत बज्दा धेरै आनन्द आयो ।
परिवारको साथ कस्तो रह्यो ?
परिवारको साथ रहेन । २०४८ सालमा एसएलसी दिएपछि पढ्न भनेर म इलामतिर गएँ । त्यहाँबाट संगीत सिक्न भारतसम्म पुगेँ । घरमा छोरो बिग्रियो भन्थे । मेरो गीत रेडियोमा बज्दा कहिलेकाहीँ घरपरिवार खुशी हुन्थ्यो । त्यसबाहेक अरू कुनै सहयोग प्राप्त भएन ।
संगीत सिक्नुभयो ?
भारतमा गएर बादल लामा र मंगल सिंहसँग तीन वर्ष संगीत सिकेँ । नेपालमा पनि गुरुदेव कामतसँग छ वर्ष सिकेँ ।
यो क्षेत्रमा छिर्न संर्घष कत्तिको गर्नुप¥यो ?
नेपालका विभिन्न सांगीतिक प्रतियोगितामा भाग लिन्थेँ । रेडियो नेपालले आयोजना गरेका प्रायः प्रतियोगितामा भाग लिएँ । त्यहाँ सधैँ ‘टप टेन’ भित्र पर्थें । यसले गर्दा ‘ममा केही छ है’ भन्ने पहिलेदेखि नै लाग्थ्यो ।  त्यही हेरेर अरूहरूले पनि चिन्नुभयो र मलाई स्थान दिनुभयो ।
गाएर बाँच्न सकिन्छ ?
राम्रो गीत गाइयो भने बाँच्न सकिन्छ । राम्रो गीत गाउँदा अहिले स्टेजमा गाउने मौका पनि धेरै पाइन्छ । गीतबाट आएको पैसाले होइन, स्टेजबाट आएको पैसाले बचाउँछ ।
तपाईं चाहिँ केबाट बाँचिरहनुभएको छ ?
म संगीत प्रशिक्षक पनि  हुँ । न्ह्यू वज्राचार्यको डोरेमी संगीत पाठशालामा विगत १६ वर्षदेखि संगीत पढाइरहेको छु । त्यहीँबाट आएको पैसाले जीवन धान्न पुगेको छ ।
तपाईंका प्रेरणा को हुन् ?
रविन शर्मा, न्ह्यू वज्राचार्य । उहाँहरूले मलाई सधैँ साथ दिनुभयो ।
अबको योजना के छ ?
असोजसम्म अर्को एल्बम ल्याउने योजना छ ।

 

Leave A Comment