शालमली नेपाल आउने

सोमबार, ०३ असोज २०७३, १२ : २७ शुक्रवार , Kathmandu
शालमली नेपाल आउने

बलिउड गायिका शालमली खोलगडे नेपाल आउने भएकी छिन् । गुड ह्युमन अर्गनाइजेसनले कन्सर्टका लागि उनलाई नेपाल ल्याउने भएको हो ।
कार्तिक २७ गते राजधानीस्थित जावलाखेल मैदानमा हुने ‘बलिउड लाइभ कन्सर्ट’मा उनले प्रस्तुति दिने राजधानीमा आइतवार प्रेसमिट गरी जानकारी गराइयो । सन् २०१२ मा रिलिज भएको फिल्म ‘इश्कजादे’ फिल्मको ‘परेशान’ गीतमा पहिलो पटक स्वर भरेकी शालमलीका ‘दारु देशी’, ‘मुझे लत लग गई’, ‘बलम पिचकारी’, ‘बेबीको बेस पसंद है’ लगायत बोलका गीत हिट छन् ।
स्टाइलिस गायिकामा पर्ने उनी आफ्नो टीमसहित नेपाल आउनेछिन् । उनीसँगै नेपालका चर्चित गायक कालीप्रसाद बास्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, रविन तामाङ, सोमिया बराइलीले गीत गाउने छन् । कमेडियन सन्दीप क्षत्री र ओशिन सिटौलाको पनि प्रस्तुति पनि कार्यक्रममा रहनेछ । कन्सर्टबाट संकलन भएको १५ प्रतिशत रकम भूकम्पपीडितका लागि खर्च गरिने आयोजकका दशरथ सुनारले बताए ।

 

Leave A Comment