मिङ्माका प्रिय १० सुर

सोमबार, २४ जेठ २०७३, ०१ : ५१ शुक्रवार , Kathmandu
मिङ्माका प्रिय १० सुर

गायक मिङ्मा शेर्पाले आफूलाई मन परेका आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् ।


आफ्ना ५
तिम्रो मायाले डो¥यायो मलाई
यो मेरो पहिलो गीत हो । दावा छिरिङ शेर्पाको शब्द र संगीत रहेको यो गीतले सांगीतिक क्षेत्रमा मेरो उपस्थिति जनायो । यसको संगीत र शब्द  मन पर्छन् ।
छमछम तिमीले पाउजु बजाउँदा
यो रोमान्टिक गीतको शब्द÷संगीत दुवैमा नयाँपन छ । दावा छिरिङ शेर्पाकै शब्द÷संगीत रहेको यो गीतले मेरो करिअरमा महŒवपूर्ण मोड ल्याइदियो  ।  गीत रमाइलो र अर्थपूर्ण छ ।
नमुना बनाइदियौ
यो गीतको संगीत संयोजन बेग्लै किसिमको लाग्छ । पप शैलीको यो गीत आफैँ पनि गुनगुनाइरहन्छु । कन्सर्टतिर त यो गीत नगाई धरै पाउँदिनँ ।
आँशु झार्दिनँ म
यो गीतले मेरो स्तर नै केही हदसम्म माथि उठायो जस्तो लाग्छ । आफैँलाई पनि खूब मन पर्ने गीत स्रोताहरूले पनि उत्तिकै रुचाउनुभएको छ ।
अब हाम्रो बेला यो
यो गीतमार्फत मैले युवाहरूलाई नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने ऊर्जा प्रदान गर्ने कोसिस गरेको हुँ । रीता ठकुरीको शब्द र आफ्नै संगीतमा तयार पारेको यो गीतले मलाई पनि केही गर्नुपर्छ भन्ने जोश दिलाएको छ ।

अरूका ५


सबैले दिने उस्तै हुन्छ माया
तारा थापाले गाउनुभएको यो छुट्टै विशेषता बोकेको प्रेम गीत हो जस्तो लाग्छ । पहिलादेखि सुन्थेँ । अहिले पनि सुन्छु । उस्तै मीठो लाग्छ ।
लोलाएका ती ठूला
गीत–संगीतको भाषा र सिमाना हुन्न रहेछ । मलाई गुलाम अली खानको यो गीत सुन्दा त्यही कुरा याद आउँछ । यो गीत जति सुने पनि धीत मर्दैन ।
ए नि लै लै बूढापाकाहरू भन्थे
लाक्पा शेर्पाको यो गीतले हाम्रा अग्रजहरूले भनेको बचन मान्नुपर्छ भन्ने सन्देश पनि दिएको छ । त्यसैले पहिलादेखि सुन्छु । बेग्लै किसिमको आनन्द आउँछ । गीतले जिन्दगीमा मेहनत गर्दै जानुपर्छ भन्ने सन्देश पनि दिन्छ ।
शुभकामना भरी
तारादेवीले गाउनुभएको र तत्कालीन रानी ऐश्वर्यले रचना गर्नुभएको यो गीत जति सुन्छु, उति सकारात्मक प्रभाव पारेजस्तो लाग्छ । यो गीत जति सुने पनि अघाउँदिनँ ।
म तिम्रो शहर छोडी
प्रदीपराज पाण्डेको सुपर ट्र्याजिडी गीत लाग्छ यो । एउटा बिछोडिएको प्रेमीले व्यक्त गरेका शब्द साह्रै मीठा छन् । गीतको स्वर र संगीतमा जादु पाउँछु ।

 

 

Leave A Comment