नयाँ स्वरूपमा बीपीका कृति

सोमबार, १० साउन २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
नयाँ स्वरूपमा बीपीका कृति

चर्चित साहित्यकार तथा राजनीतिज्ञ बीपी कोइरालाका साहित्यिक कृति नयाँ स्वरूपमा आएका छन् ।
बीपीका कथाकृति तथा उपन्यासलाई नयाँ साजसज्जा र आवरणमा प्रस्तुत गरिएको हो । उपन्यास ‘मोदिआइन’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ तथा कथासंग्रह ‘दोषी चस्मा’ र ‘श्वेतभैरवी’लाई लिपि बुक्सले नयाँ स्वरूपमा बजारमा ल्याएको हो । बीपीको आत्मकथा ‘आफ्नो कथा’ पनि लिपिले प्रकाशनमा ल्याएको छ ।
यसअघि ती पुस्तक साझा प्रकाशनले निकाल्दै आएको थियो । ‘बीपी कोइराला मेमोरियल ट्रस्टसँग सम्झौता गरेरै पुस्तक प्रकाशन गरेका हौँ,’ लिपि बुक्सका अर्जुन अधिकारीले भने, ‘ट्रस्टले नौवटा पुस्तकको प्रकाशन अधिकार लिपि बुक्समा स्थानान्तर गरेको छ ।’
पुस्तकलाई पढ्न सजिलो हुने गरी लेआउट र सम्पादनमा ध्यान दिएको उनले दाबी गरे । ‘तर, हामीले बीपीको शब्द, वाक्य र प्रस्तुतिलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ,’ अधिकारीले भने ।   

Leave A Comment