घरमा बस्नै मन लाग्दैन

बुधबार, १८ असार २०७६, ०१ : ३९ शुक्रवार
घरमा बस्नै मन लाग्दैन

मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो।

यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु।

कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी र मामु दुवै जना दिनहुँ रक्सी खाएर झगडा गर्नुहुन्छ। त्यसो हुँदा छिमेकीले पनि थाहा पाउँछन्। मलाई घरबाट बाहिर निस्कन मनै लाग्दैन।

म आत्महत्या गर्न पनि सक्दिनँ तर राति सुत्दा भोलि बिहान नभइदिए हुन्थ्यो जस्तो लागिरहन्छ। घरको वातावरण शान्त गर्न के गर्ने ? म मेरो भविष्य कसरी राम्रो बनाउने यो चिन्ताले मलाई भित्रभित्रै खाइसक्यो। कसैले मलाई केही बाटो देखाइदिए हुन्थ्यो।

५३१०,फिमेल स्राेतः नेप्लीज टिनेर्जस कन्फेसन।

Leave A Comment