मलाइका अरोणा निकै फेसनेबल छिन् । उमेरले आमा भएपनि उनको कामुकताले हेडलाइनमा छाइरहन्छ । उनै मलाइकाले एक म्यागजिनको फोटोसुटसँगै सनसनी मच्चाएकी छन् र मौसमलाई अझ गर्मागर्मी बनाइदिएकी छिन् ।
भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् ।
एन्जोलिना जोलीले प्रोड्युसर हार्वे विन्सटनको यौन दुव्र्यवहारको शिकारमा आफू समेत परेको सनसनीपूर्ण रहस्य केहीदिन अघि उजागर गरेकी छन् । उनीसँगै अर्की अभिनेत्री ग्वेनेथ पल्त्रोले समेत आफू हार्वेको यौन दुव्र्यवहारको शिकार भएको बताएकी छन् ।
ग्लोबल क्विन प्रियंका चोपडा आजभोली घुमघाममा व्यस्त छिन् । केही समयअघि हलिउड टिभी सिरज ‘क्वानटिको’ र फिल्म ‘बेवाच’मा देखिएकी उनी लगालग हलिउड फिल्म आफ्ना पोल्टामा पारेकी छन् । उनै प्रियंका बलिउड फिल्ममा अन्तरिक्ष यात्रीका रुपमा प्रस्तुत हुने पक्का भएको छ ।
बलिउडमा पछिल्लो समय प्रभावशाली अभिनयका कारण चर्चित तपसी पन्नुले एक भिडियोमार्फत महिला सुन्दरताबारेको स्टेरियाटाइपलाई मात ख्वाइदिने अनुमान गरिएको छ । महिला सशक्तिकरणबारे बनाइने भिडियोमा महिला सुन्दरताबारे बेग्लै ढंगले सोच्न बाध्य बनाइनेछ ।
केही दिन अघि लस भेगसमा भएको हिंसाकारी हमालाका कारण गायिका जेनिफर लोपेजले आफ्नो शो स्थगित गरेकी छन् । ५९ मानिसको ज्यान गएको र ५२७ धाइते उक्त हमालाले धेरैको मन कुँडिदा ४८ वर्षे गायिका जेलोले आफू हमालका कारण विक्षप्त भएको बताएकी छन् ।
पछिल्लो समयका चर्चित युवा अभिनेता वरुण धवनसँग अनुष्का शर्मा अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । यसअघि कहिल्यै सँगै नदेखिएका उनीहरु पहिलोपटक पर्दामा प्रेमालाप गर्ने छन् ।
‘दिलवाले दुल्हनीया ले जायेंगे’बाट धेरै प्रशंसा कमाएकी काजोल फिल्म नखेलेको धेरै धयो । २०१५मा उनी ‘दिल्वाले’मा देखा परेकी थिइन् । ‘बाजीगर’, ‘माई नेम इज खान’ र ‘फना’ उनका ब्लकबस्टर फिल्म हुन् । उनै काजोलले प्रशंसकहरुलाई भुलाउन आजभोली सामाजिक सञ्जाल इन्स्टाग्रामको सहायता लिन थालेकी छन् ।
सेलेना गोमेज केही दिनअघि बेकरी जानेक्रममा भित्री वस्त्र नलगाई पुग्दा पापाराजीहरुले उनलाई पछ्याएका छन् । एक साथीको ट्रिटमा सामेल हुन पुगेकी सेलेना सडकमा ब्राबिना खुलमखुला हिँडेकी थिइन् । आजभोली ब्रा नलगाई हिँड्ने ट्रेन्ड हलिउडमा सर्वव्यापी हुँदै गएको भएपनि सेलेना बेकरी जाँदा यसरी प्रस्तुत हुँदा धेरैले उनको कुरा काट्न थालेका हुन् ।
सैफ अलि खानकी बहिनी सोहा अलि खान आमा बनेकी छन् । आमा बनेको केही दिनमै उनको जन्मदिन झन् रमाइलो बनेको छ । सोहाले पति कुनाल खेमु र नयाँ छोरीसँगै जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको सामाजिक सञ्जालमा लेखेकी छन् ।
मोर्डन फेमिली स्टार एरियल विन्टर केही दिनअघि सम्पन्न एमी अवार्डस्को रेड कार्पेटमा मालफङ्सनको शिकार भएकी थिइन् । सुपर सेक्सी हाई स्लिटमा सजिएकी उनी निकै सुन्दर देखिएकी थिइन् । तर मालफङ्सनको शिकार हुँदाहुँदै उनले आफ्नो परिपक्वता प्रदर्शन गरेकी थिइन् ।
बलिउडकी प्रतिभावान अभिनेत्री सोनाक्षी सिन्हा ‘दबंग’बाट राम्रो चर्चा परिचर्चा कमाइन् । सलमान खानसँगको ‘दबंग’कै कारण उनी ‘दबंग’ गर्लका रुपमा परिचित भइन् । उनले केही पहिलेको फिल्म ‘अकिरा’मा समेत ‘दबंग’ लेडी नामलाई कायम राख्न एक्सन अवतारमा आइन् ।
सेलेना गोमेज केही समयअघि मृगौला प्रत्यारोपण गरेको खबर बाहिरिएको थियो तर यसबारेमा उनका प्रशंसकहरुलाई केही थाहा पत्तो थिएन । मृगौला प्रत्यारोपणका समयमा उनी लो प्रोफाइल बसेकी थिइन् ।उनको अस्पतालमा रहँदाको तस्बिर आएसँगै यो कुरा धेरैले चाख मानेर पढ्दै आइरहेका छन् ।
केही समयअघि शाहरुख खानसँग ‘जब हेरी मेट सेजल’मा आएकी बलिउडकी चल्तीकी अभिनेत्री अनुष्का शर्मा तीनवटै खानहरु, सलमान, आमिर र शाहरुखसँग फिल्मी पर्दामा आइसकेकी छन् । तर बलिउडमा आउन उनलाई निकै हम्मेहम्मे परेको थियो ।
कंगना रनावतको गत साता ‘सिम्रन’ प्रदर्शनमा आयो । फिल्म आउनु दुई दिनअघि नै उनी युट्युबमा चर्चित ‘अल इन्डिया बक्चोद’ (एआइबी) च्यानलको एक एपिसोडमा झल्किइन् । उनी हिन्दी फिल्म परिर्वतन नचाहने भन्दै जहीँतहीँ बोल्दै आएर आफ्नो बोल्डनेस प्रस्तुत गरिरहेकी छन् ।
पोर्न फिल्म छाडेर बलिउडमा सबैको मन जित्दै आएकी सन्नी लियोनले केही दिनअघि डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा पोस्टेर धेरैको सातो खाएकी छन् । अनुहारभरि हिलोजस्तो नीलो रंग पोतर सामाजिक सञ्जालमा केही छिनमै भाइरल भइन् सन्नी ।
सञ्जय दत्तकी जेठी छोरी तृषला दत्त फिल्मी क्षेत्रमा नभए पनि उनी सोसल मिडिया स्टार भइसकेकी छन् । २९ वर्षे तृषला रमाइला तस्बिरहरु राख्दै आफ्ना प्रशंसकहरुलाई खुसी राख्दै आइरहेकी छन् । केही दिन पहिले उनले इन्स्टाग्राममा राखेको किलर सेल्फि यतिबेला निकै चर्चामा आएको छ ।
राजकुमार ह्यारीसँग प्रेम सम्बन्धमा रहेकी अमेरिकी मोडेल तथा अभिनेत्री मेगन मर्केलले यो कुरा मिडिया सामु पहिलोपटक बताएकी छिन् । बेलायतका ३२ वर्षे कान्छा राजकुमार ह्यारी लामो समयदेखि मर्केलसँग प्रेम सम्बन्धमा थिए ।
अभिनेत्री तथा मोडेल फ्रेन्ची मोर्गनले एक भिडियो सुटका क्रममा बिकिनी लगाएर बोल्ड अवतारमा प्रस्तुत भएर शरीरभरि डलर उडाएको समाचारले आजभोली हलिउडवृतमा सनसनी मच्चाएको छ । उनका वक्षस्थल र स्पोर्टी फिगरले धेरैको ध्यान खिचेको छ ।
पूर्व बलिउड बाला रिया सेनले लगनगाँठो कसेपनि उनलाई अझै मन पराउनेहरु धेरै छन् । रियाले केही समय पहिले शिवम तिवारीसँग लगनगाँठो कसेकी थिइन् । लगनगाँठो कसेर पराग्वे पुगेकी उनै रियाले श्रीमान शिवमसँगका रमाइला तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।