भूमि पेडनेकर डेब्यु फिल्ममा बढी तौल भएकी तर हकअधिकारका लागि शिक्षित महिलाका रुपमा प्रस्तुत भइन् । दोस्रो फिल्ममा उनी खुला शौचका विरुद्ध आवाज उठाउने महिलाका रुपमा प्रस्तुत भइन् । तर भूमि आफूले खेल्ने फिल्म अथवा भूमिका स्वाभाविक निर्णय भएको बताउँछिन् ।
अभिनेत्री नर्गिस फखरी गभर्वती भएको हल्लाले बलिहड राम्रैसँग ततायो । नर्गिसको उभिन्डिएको तस्बिर देखेरै धेरै सञ्चारमाध्यमले नर्गिस गर्भवती भएको लख काट्दै समाचार लेखे । कुनै बेला उदय चोपरासँग प्रेममा परेकी उनी अचेल एक्ली छन् ।
बलिउडकी प्रतिभाशाली अभिनेत्री कल्की कोचलिनले इन्स्टाग्राममा पोस्टेको नग्न तस्बिर यतिबेला भाइरल बनेको छ । ‘आधा छायाँ आधा प्रकाशको बीचमा’ क्याप्सन लेख्दै कल्किले केही दिनअघि आफ्नो श्यामश्वेत नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्टेकी थिइन् ।
बलिउडबाला दीपिका पादुकोण र रणवीर सिंह चर्चामा आइरहने जोडी हुन् । तिनै दीपिका र रणवीरको चुम्बन गर्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा उनीहरु एकअर्काका लागि बनेका जस्ता देखिन्छन् ।
श्रद्धा कपुर पछिल्लो समयकी चल्तीकी अभिनेत्री हुन् । उनका फिल्मले बक्स अफिसमा राम्रै सफलता हात पार्दै आएका छन् । केही महिनाअघि चेतन भगतको उपन्यासमा आधारित फिल्म ‘हाफ गःलफ्रेन्ड’मा देखिएकी उनको आगामी फिल्म ‘हसिना पार्कर’को ट्रेलर आइसकेको छ ।
कुनै बेला दक्षिण भारतिय फिल्ममा लगालग फिल्म खेल्दै आएकी इलियाना डिक्रुजलाई बलिउडको ‘बर्फी’ खेलेसँगै छानेर मात्र फिल्म गर्न थालिन् । ‘फटा पोस्टर निकला हिरो’, ‘मैँ तेरा हिरो’, ‘ह्याप्पी इन्डिङ’, ‘रुस्तम’ र ‘मुबारकन’मा देखिएकी उनको नयाँ फिल्म ‘बादशाहो’ आगामी शुक्रबार प्रदर्शनमा आउँदैछ ।
एमी ज्याक्सन काँचको पर्दामा नआएको निकै लामो समय भइसक्यो । केही पहिले उनी नवाजुद्दिन सिद्दिकीसँगै ‘फ्रिकी अली’मा देखापरेकी थिइन् । यति हुँदाहुँदै उनी प्रशंसकहरुबीच बारम्बार केही न केही रमाइला कुरा सेयर भने गर्दै आइरहेकी छन् ।
बिग बोसकी पूर्व प्रतिस्पर्धी मन्दना करिमी केही पहिले विवाहमा उत्पन्न तनावका कारण मिडियाहरुमा छाएकी थिइन् । यतिबेला उनी टपलेस फोटो सामाजिक सञ्जालमा पोस्टिदै भाइरल हुने लहडमा लागेकी छन् । नुहाइसकेपछि खिचिएको तस्बिरमा उनी पूर्ण नग्न अवस्थामा छिन् ।
ग्लोबल आइकन प्रियंका चोपडाले अचेल हलिउडमा आफ्नो सिक्का राम्रैसँग जमाएकी छन् । हाल अमेरिकामा रहँदै आएकी उनी आगामी हलिउड फिल्म ‘इज नट इट रोमान्टिक’ र ‘अ किड लाइक जेक’मा आउँदै छिन् ।
अमेरिकी गायिका माइली साइरस पछिल्लो समय लो–प्रोफाइलमा बस्दै आएकी छन् । उनी मिडियासामु खासै नजिक हुँदिनन् । पहिले पहिले उनी अनेकौं टपलेस फोटो र गाँजा खाइरहेको फोटो राखेर इन्स्टाग्राममा छाउँथिन् । अचेल उनी निकै संयम र भलाद्मी हुँदै आएकी छन् ।
अक्षय कुमारको फिल्म ‘ट्वाइलेट–एक प्रेमकथा’ हाल प्रदर्शनमा आएको छ । एक्सन, कमेडी फिल्म गर्दै आएका अक्षय पछिल्लो समय गम्भीर विषयवस्तुका फिल्म गर्दै आएका छन् । भारतका केही ग्रामीण भेगमा चर्पी बनाउनु चलिआएको संस्कारको विरोधका रुपमा लिइन्छ ।
अमेरिकी अभिनेत्री जेसिका अल्बाका प्रशंसकहरुका लागि खुसीको खबर छ । उनी छिट्टै गर्भवती हुन लागेको उनका पछिल्ला तस्बिरबाट प्रस्ट हुन्छ । दुई सन्तानकी आमा जेसिकाले गत महिनाको अन्त्यमा आफू फेरि गर्भवती भएको बताएकी थिइन् ।
हिलारी डफ निकै राम्री अभिनेत्री हुन् । उनी चुनिएका केहीमध्ये एकमा पर्छिन्, जो आफूसँग वादविवाद गर्नेलाई हदैसम्मको वैचारिक झापड दिन्छन् । उनी निकै नै प्रतिभाशाली अभिनेत्री पनि हुन् । केही समयदेखि उनले इन्स्टाग्राममा पोस्टेका तस्बिरलाई लिएर उनका प्रशंसकहरुबीच मतभेद हुन थालेको छ
आलिया भट्ट पछिल्लो समयकी प्रतिभाशाली अभिनेत्री हुन् । आलिया फुर्सदको समयमा सो बिजभन्दा पनि परिवारसँग बिताउन चाहन्छिन् । घरका कुकुर–बिराला पनि उनका प्रिय साथी हुन् । उनीसँग एक भारतीय मिडियाले गरेको रमाइलो कुराकानी :
भर्खरै ३० वर्ष टेकेकी तपसी पन्नुले आफैँलाई घर उपहार दिएकी छन् । दिल्लीकी स्थायी बासिन्दा तपसीले मुम्बईको अन्धेरीमा अर्पाटमेन्ट लिएकी हुन् । अन्धेरीको अर्पाटमेन्टमा उनी बहिनी सगुनसँगै बस्ने छिन् ।
२९ वर्षे गायिका, मोडेल तथा अभिनेत्री रिहाना केही दिन अघि भएको ‘काडुमेन्ट परेड’मा सेक्सी पहिरनका साथ प्रस्तुत भएकी थिइन् । हजारौंको उपस्थिति रहेको बार्बाडोसको उक्त समारोहमा रिहाना सबैको नजरमा परेर हाइलाइटमा आएकी हुन् ।
सलमान खानको ‘दबंग’बाट लाइमलाइटमा आएकी बलिउड बाला सोनाक्षी सिन्हा पछिल्लो समय राम्रै फिल्म खेल्दै आएकी छन् । उनको अघिल्लो फिल्म ‘अकिरा’मा दबंग लेडीका रुपमा प्रस्तुत भएकी थिइन् । त्यस्तै जोन अब्राहमसँग ‘फोर्स टु’मा उनी पनि दबंग गर्लमा रुपमा प्रस्तुत भइन् । दुवै फिल्ममा उनी एक्सन अवतारमा आएकी थिइन् ।
बमसेल मोडेल तथा अभिनेत्री किम कार्दिसन फन्दामा परेकी छन् । किमले पछिल्लो समय प्रयोगमा ल्याउँदै आएको लुमी नामको स्मार्टफोन केस अर्को कम्पनीबाट चोरिएको फेला पारेपछि उनलाई १०० मिलियन डलरको मुद्दा लगाइएको छ ।
अमेरिकी मोडल तथा अभिनेत्री इमिली राटाजकोकीका उत्तेजक फोटोहरु यतिबेला भाइरलजस्तै भएका छन् । उनले इन्स्टाग्राममा पोस्टेका फोटोहरु यसका प्रमाण हुन् । सुगठित शरीरकी धनी उनले केही दिन अघि इन्स्टाग्राममा कामुक तस्बिर राखेर सनसनी मच्चाएकी हुन् ।
बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान संसारभरि फ्यान फलोइङ भएका सुपरस्टार हुन् । कुनैबेला रोमान्स किङसमेत कहलिएका खानका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन् । पछिल्लो समय ‘दिलवाले’, ‘फ्यान’ र ‘रइस’मा देखिएका थिए ।