निशा बनिन् ‘मिस तमुस्यो’

शनिबार, १५ असोज २०७३, ०९ : ४१ शुक्रवार , Kathmandu
निशा बनिन् ‘मिस तमुस्यो’

निशा तमुस्योले ‘मिस तमुस्यो नेपाल २०७३’ को उपाधि जितेकी छिन् । उनले ५० हजार रुपैयाँ, एक साताको हङकङ भ्रमण प्याकेज र १२ तोला चाँदी पुररस्कार पाइन् । मिस तमुस्योको पाँचौँ संस्करणमा स्यारोन तमुस्यो फस्ट रनरअप र सुयसा तमुस्यो सेकेन्ड रनरअप भइन् । उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद तथा क्राउन पुरस्कार पाए । ‘मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान’ भन्ने नाराका साथ भएको मिस तमुस्योको अन्तिम प्रतिस्पर्धामा देशभरबाट छनोट भई १९ जना तमु युवतीले एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएको नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष तथा कार्यक्रम संयोजक धनु तमुले बताए । प्रतियोगिताका निर्णायक पूर्व मिस नेपाल नीलिमा गुरुङ, फिल्म निर्देशक रामबाबु गुरुङ, पूर्व मिस तमुस्यो बुद्धिलक्ष्मी गुरुङ तथा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ थिए ।

 

Leave A Comment