बढिरहेका छन् साइकलप्रेमी

आइतबार, १६ असोज २०७३, ०९ : २५ मनोज घर्तीमगर , Kathmandu
बढिरहेका छन् साइकलप्रेमी

पर्यटन र स्वास्थ्यसँग जोडेर सुरु गरिएकोे ‘टुर दे पोखरा’ प्रति धेरेको आकर्षण बढ्दो छ । गत शनिवार फेवातालदेखि बेगनासतालसम्म पोखरा ब्रान्डिङ गर्न भएको साइक्लिङमा सयौँले सहभागिता जनाए । स्वास्थ्य र पर्यटनसँग जोडिएर फ्रान्समा १ सय १३ वर्षअघि सुरु भएको ‘टुर दे फ्रान्स’ कै सिको गरेर पोखरामा त्यस्तै कार्यक्रम गरिएको हो । फ्रान्सको त्यो कार्यक्रमले विश्वकै ध्यान तान्यो । अहिलेसम्म पनि यो अवधारणा फ्रान्समा निरन्तर र उत्साहपूर्ण नै छ । गएको वर्षदेखि पोखराले सुरु गरेको ‘टुर दे पोखरा’ ले पनि बिस्तारै सबैको ध्यान खिच्दै छ ।
औपचारिक कार्यक्रमपछि फेवातालबाट सुरु भएको ‘टुर दे पोखरा’ ¥यालीलाई विश्व साइकल यात्री पुष्कर शाह, एक खुट्टाले साइकल चलाउने यमलाल रसाइली र विदेशी नागरिक, सातवर्षे बालकदेखि ८६ वर्षे वृद्ध, यहाँका विभिन्न संघसंस्था र त्यसका प्रमुखसम्मले साथ दिए । अघिपछि मोटरसाइकल र कारमा हुइँकिनेहरू पनि साइकलमा प्याडल हान्दै यात्रामा सहभागी भए । विश्व मुटु दिवसको सन्दर्भमा भएको ¥याली २८.३ किलोमिटरसम्म जयन्ती मेमोरियल ट्रस्टको सहयोगमा भएको हो ।
‘कार्यक्रममा सहभागी भएको क्राउडबाट हामी निकै उत्साहित छौँ,’ कार्यक्रम संयोजक नीरज थापाले भने, ‘पोखरा ब्रान्डिङ गर्न तथा साइकल सिटी बनाउन र अन्तर्राष्ट्रिय स्तरसम्म सन्देश पु¥याउन कार्यक्रम सफल भएको छ ।’ यस वर्ष ‘साइकल चढौँः स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नारा दिएर ¥याली भएको हो ।
बेलाबेला हुने यस्ता कार्यक्रमले पोखरालाई साइकल सिटी बनाउने अभियानलाई थप बल पुगेको छ । यहाँ साइकल सिटीको अवधारणा आएपछि सडक बनाउँदा साइकल लेन पनि बनाउनुपर्छ भन्ने आवाज उठेको थियो । साइकल सिटीले नेपालमै पहिलोपल्ट साइकलमैत्री पर्यटकीय शहरको अवधारणा, साइकल लेनको माग, पोखराका पर्यटकीय क्षेत्रमा २१ वटा साइकल स्टान्ड गाडिसकेको छ । साइकलसम्बन्धी थुप्रै काम भएपछि पोखरालाई साइकलमैत्री शहर बनाउन लागेका अभियन्ताहरू अहिले खुशी छन् ।
‘साइकल पहिला कामको लागि चढ्थे । अहिले साइकलप्रति मानिसको धारणा परिवर्तन भएको छ,’ साइकल सिटीका अध्यक्ष प्रकाश वज्राचार्यले भने, ‘आजकल मान्छे स्वास्थ्यको लागि चढ्छन् । वातावरणको लागि चढ्छन् र पर्यटन प्रवद्र्धनको लागि चढ्छन् ।’
यस वर्ष नै अन्तर्राष्ट्रिय रूपमै अभियान चलेकाले अर्को वर्ष अझै बृहत् हुने आयोजकले विश्वास लिएको छ । अघिपछि प्रायः कार चढ्ने पितमबहादुर सेन पनि ¥यालीमा सहभागी भए । ‘साइकल चलाउन मन पराउनेहरूका लागि यो उपयुक्त कार्यक्रम हो,’ उनले भने, ‘साइकल सिटी बनाउने अवधारणालाई यस्ता कार्यक्रमले सहयोग गर्नेछन् ।’
कार्यक्रममा विसं २००२ मा पोखरामा साइकल भिœयाएर ५५ वर्षदेखि एउटै साइकल चढिरहेका ८६ वर्षीय जगतबहादुर रञ्जितलाई सम्मानपत्र, दोसल्ला र एउटा नयाँ साइकलसहित सम्मान गरिएको थियो ।
तस्बिर सौजन्यः पितम सेन

 

Leave A Comment