सदीक्षा भइन् मिस पोखरा

बिहिबार, २० असोज २०७३, ०१ : १७ शुक्रवार , Kathmandu
सदीक्षा भइन् मिस पोखरा

मिस पोखरा–२०१६ को ताज सदीक्षा पाण्डेले जितेकी छिन् । पोखरा सभागृहमा शनिवार आठौँ संस्करणको ‘जियोनी मिस पोखरा २०१६’ को फाइनलमा १० प्रतियोगीलाई हराउँदै २१ वर्षीया सदीक्षाले ताज जितेकी हुन् । मिस भ्युअर्स च्वाइस र मिस पपुलारिटी सबटाइटलसमेत जितेकी उनले ५० हजार रुपैयाँसहित डियो स्कुटर पुरस्कार पाइन् । उनले द हिडेन टे«जरको आयोजनामा हुने मिस नेपालमा बिनाअडिसन प्रतिस्पर्धा गर्न पाउनेछिन् । प्रतियोगितामा प्रश्मी थापा र उन्नति गुरुङले फस्ट र सेकेन्ड रनरअप भएर क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित एक÷एक थान जियोनी मोबाइल पनि पुरस्कार पाए । पोखरा जेसिजको आयोजना तथा इभेन्ट्स फर यूको व्यवस्थापनमा भएको प्रतियोगितामा मिस पर्सनालिटी र बेस्ट ड्रेसको उपाधि मनिला हिराचनले जितिन् । मिस क्याटवाक र मिस फोटोजेनिक श्रृतिका गुरुङ भइन् भने मिस ट्यालेन्ट विमला गुरुङ र मिस बेस्ट स्माइल अञ्जना रामदाम घोषित भए । प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् ।

 

Leave A Comment