‘स्टेरिङमै मनाइन्छ दशैँ’

शुक्रबार, २१ असोज २०७३, ०१ : ०१ शुक्रवार , Kathmandu
‘स्टेरिङमै मनाइन्छ दशैँ’

मनोज रोका
ना. ५ ख ६५९०
यो बेला यात्रुको भीड थाम्न सक्नुभएको छ ?
त्यस्तो थाम्न नसक्ने भीड कहाँ छ र ? फूलपातीदेखि यात्रु बढ्लान् कि ? अहिले त जत्रो भीड भए पनि के काम !
गाडीभरि कोचेर लान भीड काम लाग्ला नि ?
कोच्न दिए पो कोच्ने । गाडीको सिटभन्दा एकजना बढी हाल्यो भने कारबाहीमा परिन्छ । ट्राफिकले साह्रै गाह्रो पारेको छ ।
चाडबाडका बेला कोचेर गाडी चलाउँदा दुर्घटना हुने सम्भावना हुँदैन ?
दुर्घटना हुने गरी कोच्न खोजेकै हैन । सिटभन्दा २०/२५ जना बढी हाल्न पाउनुप¥यो भनेको हो । छतमा राख्न हामी पनि चाहँदैनौँ । दुर्घटना भन्ने कुरा यसरी रोकिन्न । मर्न लेखेको छ भने ढोकामा ठेस लागेर पनि मरिन्छ ।  
कडा नियम बन्नु राम्रो कुरा होइन र ?
कुरा राम्रै हो । सबैलाई कानुनले बराबर रूपमा हेर्नुपर्छ । ट्रक, बोलेरो, निजी कारहरूले कोचेर यात्रु लाँदा केही नहुने । हामी भाडाका गाडीलाई मात्र कस्ने कानुन ल्याएर मान्य हुँदैन ।
कुन रुटमा चलाउनुहुन्छ ?
काठमाडौँ–तातोपानी ।
पेशामा सन्तुष्ट हुनुहुन्छ ?
पहिला त राम्रै थियो । अचेल खर्च टार्नै सकिन्न । गाह्रो छ ।
कति हुन्छ कमाइ र खर्च ?
एक ट्रिपमा छ हजारजति कमाइन्छ, खर्च चाहिँ साढे सात हजार हुन्छ ।
नपुगेको १५ सय कसरी जुटेको छ त ?
उताबाट यसो मान्छे पाइयो भने बराबर गर्न सकिन्छ । नत्र गोजीबाट हाल्ने हो । सिट फुल मात्रले खर्च उठाउनै सकिन्न ।
घर कहाँ हो ?
काभ्रे, पाँचखाल ।
दशैँमा घर जानुहुन्छ ?
जान त जान्छु । तर, घरैमा बस्न त कहाँ पाइन्छ र ? यही स्टेरिङमा मनाइन्छ दशैँ ।

Leave A Comment