‘खाल्डाखुल्डीले धुरुक्कै रुवाउँछन्’

बिहिबार, ११ कार्तिक २०७३, १० : ४० शुक्रवार , Kathmandu
‘खाल्डाखुल्डीले धुरुक्कै रुवाउँछन्’

सूर्य राया, चालक
को १ ज ६७०

दशैँ कस्तो भयो गुरुजी ?
रमाइलो भयो । मावली गइयो, टीका लगाइयो ।

कमाइ त राम्रै होला नि ?
के राम्रो हुनु र ? खानमै सिद्धिन्छ कमाइजति । पहिलाजस्तो छैन ।

महिनामा कति बचाइन्छ ?
मुस्किलले १०/१२ हजार बच्छ ।

कति भयो गाडी लाइनमा लागको ?
भयो पाँच वर्षजति ।

पहिला के गर्नुहुन्थ्यो ?
पहिला सेल्सको काम गर्थें डिलरमा । त्यसबेला गाडीमा हिँड्दाहिँड्दै गाडी सिकियो । त्यसपछि आफैँ चलाउन थालेको हुँ ।
गाडी आफ्नै कि साहूको ?
साहूको नि । त्यही भएर त कमाइ गतिलो हुँदैन भनेको ।

यात्रु लिएर कहाँकहाँ जानुहुन्छ ?
विराटनगर, जनकपुर, कटारी, इलाम, वसन्तपुर सबैतिर पुगेको छु ।

यो लाइनका समस्या केके छन् ?
मुख्य समस्या त बाटो हो । सडकका खाल्डाखुल्डीले धुरुक्कै रुवाउँछन् ।

गाडीहरू धेरै छन् । प्रतिस्पर्धा त चर्काे हुन्छ होला ?
अहिले कुन क्षेत्रमा प्रतिस्पर्धा छैन ? हाम्रो लाइनमा त झन् धेरै छ ।

गाडीमा कस्ता गीत सुन्नुहुन्छ ?
म त दोहोरी गीत भनेपछि हुरुक्क हुन्छु ।

राजनीतिमा चासो राख्नुहुन्छ कि हुन्न ?
खासै चासो राख्दिनँ । चासो राखेर पो के हुन्छ ?
भविष्यको योजना के छ ?
आफ्नै गाडी किनेर चलाउने  ।
प्रस्तुतिः गोपाल

 

Leave A Comment