अन्तिम चरणमा ‘अग्निदहन’

बिहिबार, २५ कार्तिक २०७३, ११ : २७ शुक्रवार , Kathmandu
अन्तिम चरणमा ‘अग्निदहन’

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले निर्माण गर्न लागेको सामाजिक शिक्षामूलक फिल्म ‘अग्निदहन’ को छायांकन अन्तिम चरणमा पुगेको छ । समाजमा रहेको बोक्सी कुप्रथा अन्त्य गर्न सघाउने उद्देश्यका साथ निर्माण थालिएको फिल्म पोखराका विभिन्न ठाउँमा छायांकन गरिएको निर्देशक घनश्याम लामिछाने जानकारी दिए । फिल्ममा अर्जुन न्यौपाने, सरलाकुमारी पाण्डे, ओमराज शर्मा, दुर्गा न्यौपाने, ताराबहादुर गुरुङ, माधवशरण पौडेल, लक्ष्मण ढुंगाना, नवीन घायल, गोविन्द पौडेल, धर्मेन्द्र पौडेल, प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बास्तोला, कमला कुवँरलगायत कलाकारले अभिनय गरेका छन् । चितवनको सौराहा र मकवापुरको हेटौँडामा छायांकन सकेर फिल्म युनिट अन्तिम सुटिङ गर्न पोखरा पुगेको हो ।

 

Leave A Comment