पोखरा भन्नेबित्तिकै सबैका मनमा एउटा आकृति बन्छ– फेवातालमा माछापुच्छे« हिमालको छाया खेलिरहेको । अहिले ठ्याक्कै त्यस्तो तस्बिर त हेर्न पाइँदैन तर हिमाल पोखराको ‘टे«डमार्क’ नैै बनेको छ । हिमाल जतिबेला चाह्यो त्यतिबेला कहाँ देखिन्छ र ? जुनसुकै मौसममा छ्याङ्ङ खुल्दैन । अघिल्लो वर्ष भदौको दोस्रो हप्ता नै खुलेको हिमाल यो वर्ष पहिलो पटक कात्तिक ९ गते खुल्यो । पोखराले निख्खर हिमाल हे¥यो । अब भने दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ ।
हिमाल नेपालका अरू धेरै ठाउँबाट देखिए पनि पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहीँ पाइन्न । ‘जब हिमाल खुल्न थाल्छ, सौन्दर्यपारखीहरू पोखरा भित्रन थाल्छन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भन्छन्, ‘हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो ।’
हिमाल खुल्न सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा । पोखराबाट माछापुच्छे« हिमालसम्मको हवाई दूरी ३३ किलोमिटरमात्रै हो । यति अग्लो हिमाल र यति नजिकको शहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी । ‘संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये तीनवटा यहीँबाट देखिन्छन्, धौलागिरि, अन्नपूर्ण र मनासलु,’ भूपकम्पपछि पोखराको पर्यटक उकास्न गठन भएको पोखरा पर्यटन पुनर्जागरण समिति (पीटीआरसी) का संयोजक गणेश भट्टराई भन्छन्, ‘आठ हजार मिटरभन्दा अग्ला चुचुरा यति संख्यामा विश्वको अन्य कुनै शहरबाट देखिन्न । यो पोखराको विशेषता हो ।’
पोखरा खाल्डोबाटै देखिने हिमालको सूची माछापुच्छे« र अन्नपूर्ण अनि धौलागिरि र मनासलुमा टुंगिदैन । लस्कर लामो छ । पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरि प्रथम हिमालमा पर्छन् । त्योभन्दा अझै उता देखिने पनि छ– पुट्ठा हिउँचुली । धौलागिरिपछि पूर्वतिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल । अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ । घान्द्रुक हिउँचुली, अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन् ।
अन्नपूर्ण प्रथम (८,०९१ मिटर) त्यही हिमाल हो, जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो । आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो । आरोहणका मामिलामा सगरमाथाभन्दा तीन वर्ष जेठो छ अन्नपूर्ण प्रथम । फ्रान्सका नागरिक मौरिस हर्जाेग नेतृत्व टोलीले सन् १९५० जुन ३ मा यो हिमाल चढेको थियो । त्यो खुशीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रूपमा आयोजना गरेर मनायो । त्यसपछि फ्रान्समा पोखरामात्रै होइन, विश्वभरि नेपाल प्रचारित भयो ।
गंगापूर्ण अर्काे महŒवपूर्ण इतिहास जोडिएको हिमाल हो । माछापुच्छे«बाट छेलिएको यो हिमाल महिलाले आरोहण गरेको पहिलो नेपाली हिमाल हो । सगरमाथा चढ्नुअघि जुन्को ताबेईका पाइलाले यही हिमालको टाकुरा टेकेका थिए । तार्केकाङ, खाङसारकाङ भन्ने दुई हिमाल गंगापूर्णभन्दा पश्चितिरै पर्छन् । पूर्वतिर भने मर्दी हिमाल छ । अनि, लहरै आउँछन् अन्नपूर्ण तेस्रो, चौथो, दोस्रो, लमजुङ र सिकलेस हिमाल । काठमाडौँबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौँडातिरैबाट देखिन थाल्छ हिमाल । ‘पोखरामा हिमाल हेर्दिनँ भनेर पनि सुख पाइन्न, आउँदाआउँदै देखिन्छ,’ पर्यटनविद् झलक थापा भन्छन्, ‘पोखरामा हिमाल हेर्ने कुनै निश्चित प्वाइन्ट छैन । यहाँबाट उत्तर फर्किए जहाँकहीँबाट पनि देखिन्छ हिमाल ।’
कहीँकहीँ केही घरले छेक्लान्, नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरू सबैसबैलाई हिमाल हेर्ने प्वाइन्ट भनिदिए हुन्छ । पोखराबाट देखिने एउटा हिमालको नाम पनि छ मस्र्याङ्दी । सिकलेस हिमालपछि मनासलुभन्दा अघि छ मस्र्याङ्दी । मनासलु आफैँमा हिमशृंखला हो । यो शृंखलामा मुख्य मनासलु र मनासलु नर्थसहितका हिमाल पर्छन् । नेपालमा जति हिमाल छन्, ती सबैका नाम छैनन् । क्रमशः नामकरण हुँदैछ । पोखराबाटै देखिने एउटा हिमालले पछिल्लो समय नयाँ नाम पाएको छ हर्कचुली । ‘भूगोलविद् डा. हर्क गुरुङको सम्मानमा राखिएको त्यो हिमाललाई पहिला पिक ट्वान्टी नाइन भनिन्थ्यो,’ पर्यटनविद् थापा भन्छन् ।
हर्कचुलीमा गएर पनि टुंगिदैन, पोखराबाट हेर्न पाइने हिमाल सूची । त्यसपछि पनि बाँकी नै हुन्छ बौद्ध हिमाल । ट्रेकिङ गाइड सुकबहादुर घले पोखराबाट देखिनेभन्दा नेदेखिने हिमाल थुप्रै भएकाले पोखराभन्दा वरिवरिका डाँडा र गाउँ उक्लनुपर्ने बताउँछन् । ‘असली माछापुच्छे« हेर्न त धम्पुस नै पुग्नुपर्छ । त्यही माछापुच्छ«े भिन्दाभिन्दै ठाउँबाट हेर्दा भिन्दाभिन्दै आकृतिको देखिन्छ,’ घले भन्छन्, ‘अन्य हिमाल हेर्न पनि पोखरा बाहिर निस्कनुपर्छ ।’ अहिलेदेखि खुल्न थालेको हिमाल अब माघ–फागुनसम्म छ्याङ्ङ देख्न पाइन्छन् ।
Leave A Comment