‘स्वदेशमा कमा’को छुट्टै स्वाद’

बुधबार, ०८ मङि्सर २०७३, १० : १६ शुक्रवार , Kathmandu
‘स्वदेशमा कमा’को छुट्टै स्वाद’

दलबहादुर घिसिङ
मे. १ च २६५०


हालखबर के छ गुरुजी ?
ठीकै छ ।

गाडी चलाउन थालेको कति वर्ष भयो ?
लगभग २० वर्ष भयो । साउदीमा दुई वर्ष, कतारमा अढाई वर्ष, अफ्रिकामा पाँच वर्ष चलाइयो । पहिले ट्याक्सी चलाइन्थ्यो, अहिले सुमो कुदाइरहेको छ ।

कता गाडी कुदाउन सजिलो ?
विदेशमा भन्दा नेपालमा अप्ठ्यारो छ । यहाँको रोड अलि अप्ठ्यारो छ ।

गाडी कुदाउन कसरी सिक्नुभयोे ?
पाँचथरतिर कुद्ने ट्रकमा खलासी गरिन्थ्यो । त्यतिबेलाको जमानामा निकै दुःख गरेर सिकियो ।  

अहिले कतातिर बढी कुद्नुहुन्छ ?
लामो यात्रामा ताप्लेजुङ, काठमाडौँतिर पुगिन्छ । झापा आसपास पनि कुदाइन्छ ।

निजी गाडी रहेछ । किन रिजर्भमा कुदाउनुभएको ?
पेट पाल्नुप¥यो नि । परिवार पाल्न, छोराछोरी पढाउनलाई यति त गर्नैप¥यो नि ।

आम्दानी कति हुन्छ दिनको ?
भयो भने त्यही दुईदेखि पाँच हजारसम्म हुन्छ । भएन भने घाम तपाइ हुन्छ ।
अब विदेश नजाने ?
कत्ति अर्काको देशमा सेवा गर्नु । थोरै भए पनि स्वदेशमा कमा’को छुट्टै स्वाद हुँदोरहेछ । परिवारसँग बस्न पनि पाइने ।

दुःख कत्तिको छ यो क्षेत्रमा ?
दुःखसुख दुवै छ । भनेको समयमा खान पाँइदैन । यात्रुलाई समयमा पु¥याउन नसक्दा गाली पनि खाइन्छ । यस्तै त हो ।

गीत कत्तिको सुन्नुहुन्छ ?
एकदमै सुनिन्छ । आधुनिक र सेन्टिमेन्टल गीत मन पर्छ ।

मन पर्ने गायक/गायिका ?
कुन्ती मोक्तान, राजु लामा मन पर्छ । हाम्रो मातृभाषा गाउने प्रेम लोप्चन पनि मन पर्छ ।   

राजनीतिमा कत्तिको रुचि छ ?
खासै छैन । तर, नेता चाहिँ मलाई केपी ओली नै मन पर्छ ।
किन नि ?
उहाँका सिद्धान्तहरू राम्रो लाग्छ ।
जिन्दगी के रहेछ त ?
जीवनभर संघर्ष गरियो । यही त होला नि ।

अबको योजना के छ ?
छोराछोरी पढ्दैछन् । उनीहरूलाई सक्षम बनाउने एउटै लक्ष्य छ ।

प्रस्तुतिः अनिल

 

Leave A Comment