‘मिसेस गण्डकी नेपाल’ हुने

बिहिबार, ०९ मङि्सर २०७३, १२ : ४० शुक्रवार , Kathmandu
‘मिसेस गण्डकी नेपाल’ हुने

विवाहित महिलाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘मिसेस गण्डकी नेपाल’ हुने भएको छ । प्रतियोगिताका लागि पोखरामा मंसिर २५ गते अडिसन हुने आयोजक गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनले जानकारी दिइन् । पुनले प्रतियोगिताका लागि अडिसनमा सहभागीबाट ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने बताइन् । ‘मिसेस गण्डकी नेपाल’ को अन्तिम प्रतिस्पर्धा पुस २३ गते हुनेछ । प्रतियोगिताको कोरियाग्राफी ‘मिस नेपाल २०००’ कि विजेता उषा खड्गीले गर्ने प्रालिका उपाध्यक्ष प्रतीक ठकुरीले बताए ।  
प्रतियोगिताको टाइटल विजेताले स्कुटर, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । म्यानेजिङ डाइरेक्टर विशाल गुरुङका अनुसार फस्ट रनरअपले ३० हजार रुपैयाँ, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् भने सेकेन्ड रनरअपले २० हजार रुपैयाँ, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । यस्तै प्रतियोगितामा मोस्ट ट्यालेन्टेड, पर्सनालिटी, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट स्माइल, फोटोजेनिक, पपुलर विधामा पनि पुरस्कार दिइनेछ । 

Leave A Comment