लोकनृत्य प्रतियोगिता हुने

आइतबार, १२ मङि्सर २०७३, १० : २३ शुक्रवार , Kathmandu
लोकनृत्य प्रतियोगिता हुने

नेपालका विभिन्न क्षेत्रमा नाचिने सामूहिक लोकनृत्यको प्रतियोगिता हुने भएको छ । अनुशीलन कला पाठशालाको आयोजनामा ‘लोकमञ्च’ नाम दिएर पोखरामा यस्तो प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउने कला पाठशालाका प्रमुख गोरे गुरुङले बताए । तीन वटा समूहलाई सान्तवना पुरस्कार स्वरूप १०÷१० हजार रुपैयाँ दिइने पनि उनले बताए । उनका अनुसार प्रतियोगिताभर एक जना सर्वोत्कृष्ट नृत्य निर्देशकलाई यामाहा स्कुटर पुरस्कार दिइनेछ ।
छनोटका लागि सात प्रदेशका लोकनृत्य विज्ञलाई निर्णायकको रूपमा राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जातजातिका लोकनृत्य सहभागी हुनेछन् । पोखरा बाहिरका प्रतियोगीका लागि आयोजकले भिडियोमार्फत अडिसन लिने तयारीसमेत गरेको छ । पहिलो चरणको अडिसन मंसिर १७ गते हुनेछ भने अन्तिम प्रतिस्पर्धा पुस २ गते पोखरा सभागृहमा हुनेछ । पोखरा बाहिरका सहभागीका लागि लेकसाइडको एक होटलमा खाने बस्ने व्यवस्था आयोजकले गरेको छ भने पोखराका सहभागीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । प्रतियोगी समूहले २ हजार ५ सय प्रवेश शुल्क तिर्नुपर्नेछ भने समूहमा बढी १६ जनासम्म सहभागी हुन सक्नेछन् ।

 

Leave A Comment