खेलकुद पत्रकार मञ्च कास्कीको नयाँ समिति

बुधबार, ०८ असार २०७३, ११ : ०० शुक्रवार , Kathmandu
खेलकुद पत्रकार मञ्च कास्कीको नयाँ समिति

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको विशेष अधिवेशनले नयाँ समिति चयन गरेको छ । शुक्रवार पोखरामा भएको अधिवेशनले केशव पाठकलाई अध्यक्ष चुनेको छ । सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी पाठक तीन वर्षको लागि निर्वाचित भएका हुन् । पाठक संस्थापक सचिव हुन् भने श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उपाध्यक्षमा दिननाथ बराल निर्विरोध भए । सचिवमा रञ्जन अधिकारी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा विजय नेपाल छानिए । समितिको सदस्यमा सुरज श्रेष्ठ, उमेश पुन, सुरेन नेपाली, नारायण शाही, गीता राना र लक्ष्मी जिसी छानिए । मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको विशेष अधिवेशन भएको हो ।  नयाँ समिति छान्न मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो ।

Leave A Comment