वेल–ननलाई युनिप्स स्पोट्र्सको उपाधि

बिहिबार, १६ मङि्सर २०७३, ११ : ०० शुक्रवार , Kathmandu
वेल–ननलाई युनिप्स स्पोट्र्सको उपाधि

डिफेडिन्ङ च्याम्पियन वेल–नन एकेडेमीले तेस्रो संस्करणको युनिप्स स्पोट्र्स मिट २०७३ को उपाधि जितेको छ ।  संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) को आयोजनामा पोखरा रंगशालामा शनिवार सकिएको स्पोट्र्स मिटमा वेल–ननले १० स्वर्ण पदकसहित १ सय ३४ अंक ल्याउँदै उपाधि जितेको हो । गत वर्षको विजेता वेल–ननले एथ्लेटिक्सतर्फ मात्र १ सय ४ अंक जोड्न सफल भयो । उद्घाटन खेलमा हुने मार्च पासमा लगातार तीन वर्ष विजेता हुँदै ह्याट्रिक गर्न सफल भएको वेल–ननले आगामी वर्ष उपाधि जितेमा रनिङ शिल्ड आफैँले राख्न सक्नेछ ।
कालिका मावि उपविजेता भयो । कालिकाले नौ स्वर्ण पदकसहित ९८ अंक ल्याउँदै उपविजेता भएको हो । एकता मावि सात स्वर्णसहित तेस्रो भयो भने पाँच स्वर्ण पदकसहित ५८ अंक ल्याएको होली एन्जल स्कुलले सान्त्वना स्थान हात पा¥यो । प्रतियोगिताअन्र्तगत एथ्लेटिक्समा तीन स्वर्ण पदकसहित एकताका अनीत थापा एथ्लेटिक्स छात्रतर्फ उत्कृष्ट भए । सोही इभेन्टमा छात्रातर्फ कालिकाकी स्वस्तिका क्षत्री उत्कृष्ट हुन सफल भइन् । उनले दुई स्वर्णसहित अन्य पदक जितेकी हुन् ।

Leave A Comment