गायिकाबाट नायिका

बिहिबार, १६ मङि्सर २०७३, १२ : १२ शुक्रवार , Kathmandu
गायिकाबाट नायिका

लोकगायिका तुलसा जिसीको परिचय फेरिएको छ । उनी गायिकाबाट नायिका बनेकी छिन् । नेपाली फिल्म ‘अग्निदहन’ मा उनी बुहारीको भूमिकामा देखिनेछिन् । फिल्मबाट राम्रो प्रतिक्रिया पाए अभिनयलाई निरन्तरता दिने योजना रहेको तुलसाले बताइन् ।
तुलसाले २०६८ सालमा ‘बैँस जोवनमै’ गीत बजारमा ल्याएकी थिइन् । ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिँड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘केमा बस्यो मोहनी’ ‘दिल भित्र चित्र’ लगायत गीत उनले गाएकी छिन् । ‘आँखा झिमीझिमी’, ‘साह्रै दुख्यो मन’, ‘कस्तो होला बोली’, ‘जसले पनि ढाँट्ने’ लगायत गीतको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी छिन् । आफ्नो त्यही अनुभवले फिल्ममा अभिनय गर्न सहज बनाएको तुलसाको भनाइ छ ।

 

Leave A Comment