देवी परी, प्रथम बाबु

शुक्रबार, १७ मङि्सर २०७३, १० : ३६ शुक्रवार , Kathmandu
देवी परी, प्रथम बाबु

बाह्रौँ संस्करणको ‘सानो परी एन्ड सानो बाबु पोखरा २०१६’ उपाधि सानो परीतर्फ ११ वर्षीया केशभी देवी श्रेष्ठ र सानो बाबुतर्फ कास्की ११ वर्षीय प्रथम गुरुङले जितेका छन् । विभिन्न २२ विद्यालयका ५८ जना नानीबाबुबीच भएको प्रतिस्पर्धामा उनीहरूले उपाधि जितेका हुन् । उपाधि विजेता दुवैले १०–१० हजार रुपैयाँ पुरस्कार पाए । शनिवार पोखरा सभागृहमा भएको प्रतियोगितामा शीशा तामाङ फस्ट रनरअप, आकृति लामा रुम्बा सेकेन्ड रनरअप, भूमिका ज्ञवाली थर्ड रनरअप भए ।
बाबुतर्फ आर्दश शर्मा फस्ट रनरअप, अमिश महतो सेकेन्ड रनरअप, आयुष गुरुङ थर्ड रनरअप भए ।
उपाधिका लागि प्रतियोगीलाई परिचय, प्रश्नोत्तरका साथै लेखन र वक्तृत्व कलासमेत प्रस्तुत गर्न लगाइएको थियो । प्रतिस्पर्धीमध्ये सानो परीतर्फ अन्य ३२ जनालाई र बाबुतर्फ १३ जनालाई विभिन्न सबटाइटल प्रदान गरिएको थियो । कार्यक्रम जीत हाम्रो फाउन्डेसनको आयोजना र एसटी क्रिएसनको व्यवस्थापनमा भएको थियो ।

 

Leave A Comment