‘एक रुपैयाँ’को मञ्चन

शुक्रबार, २४ मङि्सर २०७३, १० : ३९ शुक्रवार , Kathmandu
‘एक रुपैयाँ’को मञ्चन

पञ्चामृत नाट्य समूह पोखराको तेस्रो प्रस्तुति नाटक ‘एक रुपैयाँ’को पोखरामा दुई दिन मञ्चन भएको छ । शुक्रवार र शनिवार पोखरा उद्योग वाणिज्य संघको हलमा मञ्चन भएको नाटकलाई दर्शकले भरपूर साथ दिए । एक रुपैयाँका कारण घर छोड्न बाध्य नाटककी पात्र बबीलाई खोज्न शहर झरेका बबीका प्रेमी र भाइको कथासँगै सुरु भएको नाटकमा पैसाकै लागि जे पनि गर्न तयार हुने युवती र मनोरञ्जनका लागि लाखौँ खर्च गर्ने शहरिया युवाको अवस्थालाई प्रस्तुत गर्न खोजिएको थियो ।
कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिलप्रसाद गुरुङ, परिवर्तन, सबु पाठक, शीतला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, नीलम तामाङ, ममता कार्कीको अभिनय थियो ।

 

Leave A Comment