‘दरिलो हुनुपर्छ, कसैले हेप्न सक्दैन’

आइतबार, १७ पुष २०७३, १० : ५७ शुक्रवार , Kathmandu
‘दरिलो हुनुपर्छ, कसैले हेप्न सक्दैन’

बा.१ ह
३५८३
दिलमाया तामाङ

के छ गुरुको खबर ?
ठीकै छ । काम गरिएकै छ, खाइएकै छ ।

घर कता प¥यो यहाँको ?
रामेछापको फुलासी पोखरी ।

ट्याम्पू चलाउन थालेको कति भयो ?
भयो वर्षदिन ।

कुन रुटमा चलाउनुहुन्छ ?
अनामनगर–सुन्धारा ।
दिनमा कति पटक ओहोरदोहोर गरिन्छ ?
छ÷सात पटक गरिन्छ होला ।
ट्याम्पू चलाउन कति समय लाग्यो ?
दुई महिनामै सिकेँ ।

यो पेशा कस्तो लाग्छ ?
आफ्नो गरिखाने भाँडै यही भएपछि राम्रो लाग्छ नि ।

कुनै अप्रिय घटनामा परिएको छ छैन नि ?
एक पटक ब्रेक फेल हुँदा सरकारी गाडीलाई हान्न पुगेकी थिएँ । भगवान्को कृपाले कसैलाई केही भएन ।
 
यो पेशामा आउनुअघि के गर्नुहुन्थ्यो ?
किरानापसल खोलेकी थिएँ ।
व्यापार छोडेर यता कसरी आइयो त ?
साथीसंगतले । ट्याम्पू चलाउँदा राम्रो कमाइ हुन्छ भन्ने सुनियो । अनि, लागियो यतैतिर ।
परिवारमा को–को हुनुहुन्छ ?
म र श्रीमान् ।
श्रीमान्    के    गर्नुहुन्छ     ?
विदेशबाट हालसालै फर्कनुभएको हो । केही समयपछि फेरि जानुहुन्छ ।
आफू विदेश जानेबारे सोच्नुभएको छैन ?
छैन । म त जाँदिनँ ।
महिनामा कति कमाइन्छ ?
खट्न सक्यो भने २०/२५ हजारसम्म हुन्छ ।
बचत गरिन्छ कि गरिँदैन ?
महिनामा १०÷१२ हजार जति गरिन्छ ।

यो लाइनमा के–कस्ता समस्या छन् ?
गाह्रोसाह्रो त जेमा पनि भइहाल्छ नि । मुख्य कुरा– आफू दरिलो भइयो भने कसैले हेप्ने, पेल्ने गर्न सक्दैनन् ।
कति पढ्नु भा’छ ?
९ कक्षा पढेर छोडियो । घरको आर्थिक अवस्था कमजोर थियो ।

तपाईंको सपना के थियो ?
स्कुलमा हुँदा गणितमा निकै राम्रो थिएँ । सजिलो पनि लाग्थ्यो । गणित विषयको शिक्षिका बनेर बच्चाहरूलाई पढाउने ठूलो धोको थियो ।

गीतसंगीत कत्तिको सुनिन्छ ?
असाध्यै सुन्छु ।
कस्ता खालका गीत मन पराउनुहुन्छ ?
आधुनिक र लोकदोहोरी ।
तपाईंलाई मन पर्ने गायकगायिका को हुन् ?
अञ्जु पन्त, प्रमोद खरेल र स्वरूप आचार्य ।
फिल्म कत्तिको हेर्नुहुन्छ ?
फुर्सदै हुँदैन, कहाँ पाएर हेर्नु ? मोबाइलमा हालेर कहिलेकसो हेर्ने गर्छु ।
मन पर्ने कलाकार ?
जीवन लुइँटेल र रेखा थापा ।

प्रस्तुतिः सृजना

 

Leave A Comment