‘मिसेस गण्डकी २०१७’ को उपाधि गैह्रापाटनकी २५ वर्षीया नीलिमा हिराचन श्रेष्ठले जितेकी छिन् । गोस्पेल मल्टिमिडियाले आयोजना गरेको कार्यक्रम नीलिमाले ताजसँगै मोस्ट फ्रेन्डली र मोस्ट पपुलर अवार्डसमेत हात पारिन् । विजेताले १ लाख ७० हजार रुपैयाँ बराबरको रोडियो स्कुटर र गिफ्ट भौचर पुरस्कार पाइन् । प्रतियोगितामा भावना महत फस्ट रनरअप, सरु बरुवाल भन्डारी सेकेन्ड रनरअप र जुना थापा पुन थर्ड रनरअप भए । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित आर्कषक उपहार पाए ।
Leave A Comment