गीतमार्फत पर्यटक बोलाइँदै

मङ्गलबार, २५ माघ २०७३, १२ : १६ मनोज घर्तीमगर , Kathmandu
गीतमार्फत पर्यटक बोलाइँदै

पोखरा नजिकै पर्छ पर्यटकीय गाउ“, घान्द्रुक । यसैको पूरा वर्णन गरेर तयार भयो–‘घान्द्रुके ठिटी’ बोलको गीत । कवि रमेश श्रेष्ठले घान्द्रुकको सुन्दरतालाई शब्दमा उतारे । धनबहादुर गुरुङले संगीत भरे । रजनी राईले स्वर भरिन् । घान्द्रकुको चर्चा सुनेका तर नपुगेका धादिङका भीमसेन घिमिरे यही गीतको भिडियो हेरेर त्यहाँको सुन्दरताले लोभिएर साथीहरूसँग घान्दु्रक रमाउन पुगे । ‘धेरैको मुखबाट घान्द्रुकको सौन्दर्यबारे सुनेको थिएँ । यो गाउँबारे बनेको गीतको भिडियो हेरेपछि यहाँ नपुगी मनले मानेन,’ भीमसेनले भने ।
उसै त प्रख्यात पर्यटकीय गाउ“, घान्द्रुक । गीतको भिडियोले यसलाई झनै लोकप्रिय बनाइदियो । अहिले पश्चिमका गाउँ–गाउँमा पर्यटक बोलाउन गीतको सहारा लिने लहर चलेको छ । गीतकार वसन्ती लालचनले मुस्ताङको मार्फा गाउ“मा केन्द्रित रही गीत लेखेपछि ग्रामीण गीत लेख्ने लहर सुरु भयो । ‘क्या राम्रो स्याउबारी मार्फा गाउ“मै’ बोलको गीतमा ज्योति गुरुङको स्वर रहेको छ । गीत सञ्चार माध्यममा बज्नुका साथै सांस्कृतिक कार्यक्रममा पनि त्यतिकै बज्यो । ‘केही गाउँबारे बनेका गीतको भिडियो हेरेर गाउँ जाने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेपछि गाउँमा पर्यटक बोलाउन धेरै गाउँलेले गीतको सहारा लिन थालेका छन्,’ कवि रमेश श्रेष्ठले भने, ‘गीतमार्फत गाउ“को चिनारी दिने चलन बढेको छ ।’
गीतमार्फत पर्यटक बोलाउन माहिर छन्, कास्कीका विभिन्न गाउँ । जहाँ होम–स्टे सुविधा पनि छ । धम्पुस, सिक्लेस, भदौरे, घाचोक, पुम्दीभुम्दी, दाङसिङ, लान्द्रुक, ताङतिङ, सल्यान, रूपाताल, तप्राङ, आर्थर, भाचोक, सिक्लेस, खुँदी, गल्याम, भिरचोक, कुइवाङ, कोल्मा, ल्वाङ, सावेद, थाकखोला, भुजुङ, याङ्जाकोट, बरालडाँडालगायत कास्कीका सबैजसो पर्यटकीय गाउ“का गीत लेखिएका छन् । ‘आफ्नो गाउँलाई देशविदेश चिनाउन धेरैले गाउँका गीत बनाउने गरेका छन्,’ भिडियो कोरियोग्राफर जसु गुरुङले भनिन्, ‘गाउ“लाई चिनाउन र पर्यटन प्रवद्र्र्धन गर्न यस्ता गीतले ठूलो सहयोग पुगेको छ ।’
तामाङ सेलो, लोकशैलीका भाकामा अधिकांश यस्ता गीत लेखिएको पाइन्छ । कास्कीस“ग जोडिएका छिमेकी जिल्ला स्याङ्जा, मनाङ, मुस्ताङ, तनहु“, लमजुङ, म्याग्दी, बाग्लुङ लगायतका गाउ“का गीत पनि बनेको निर्देशक जितेश प्रधान बताउँछन् । ‘मैले नै २५ भन्दा बढी गाउ“का गीत निर्देशन गरिसकेको छु । अहिले पोखरा र आसपास जिल्लाका गाउँबारे धेरै गीत बनिरहेका छन् ।’
धेरैजसो गाउँका गीतमा नृत्य गर्ने युवतीहरू पनि गाउँकै हुन्छन् । यसले नयाँ कलाकारलाई पनि फाइदा भएको बताउँछिन् कोरियोग्राफर जसु गुरुङ । एकातिर यसले स्थानीय कलाकारलाई अवसर दिएको छ भने अर्कोतिर गाउँमा बाह्य तथा आन्तरिक पर्यटक बढेको अनुभव छ धम्पुसका व्यवसायी सम गुरुङको । ‘हाम्रो गाउँको गीत बनेपछि यही गीत हेरेर म धम्पुस आएँ भन्नेहरू धेरै भेटेको छु,’ धम्पुसमा होटल व्यवसाय गर्दै आएका गुरुङले भने ।

 

Leave A Comment