र्याम्पमा चहलपहल

शनिबार, १४ फागुन २०७३, १२ : ०७ मनोज घर्तीमगर , Kathmandu
र्याम्पमा चहलपहल

पोखरामा भर्खरै ‘फेसन नाइट’ नाम दिइएको फेसन सो सम्पन्न भयो । जहाँ विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता युवती ¥याम्पमा उत्रिएका थिए । फेसन सोमा ‘मिस गण्डकी’ ज्योति राई, ‘मिस आर्डेन्ट’ अनुषा श्रेष्ठ, ‘मिस भ्याली स्टार’ अस्मिता श्रेष्ठ र समीर गुरुङ ¥यापमा देखिए । यस्तै, मीना गुरुङ, प्रतिष्ठा शाक्य, स्मिता सुनार, रोनिषा राना, अनिषा सुनार, रञ्जिता गुरुङ, पूजा बराल, एलिसा गुरुङ, सुस्मिता पुन, सुनिता कार्की, निस्मा गुरुङ, सञ्जु सुनार, नेन्सी साई, श्रेया शर्मा, संगीता सुनार र जमुना मगर पनि ¥यापमा उत्रिएका थिए । तीन वटा थिमका भिन्न–भिन्न पोशाकमा सजिएर मोडल ¥याम्पमा आउदा दर्शक निकै उत्साहित देखिन्थे । एसटी क्रिएसनले आयोजना गरेको फेसन सोको कोरियोग्राफी सुरज थापामगरले गरेका थिए ।
पोखरामा पछिल्लो समय अनेक नाम दिएर यस्ता फेसन सो हप्तैपिच्छे हुन थालेका छन् । बढ्दै गएको मोडलिङ तथा फेसन शैलीले पोखरामा ¥याम्प सो क्रेज ह्वात्तै बढाएको नेल्सन इन्टरटेनमेन्टकी अनिशा श्रेष्ठ बताउँछिन् । ‘¥याम्प सो अहिले पोखरामा चल्तीको इभेन्ट बनिसकेको छ । सुन्दरी प्रतियोगिता, डान्स पार्टीजस्तै फेसन सोमा पनि मोडलहरूको आकर्Èण बढ्न थालेको छ,’ उनी भन्छिन्, ‘तारे होटलदेखि म्युजिकल कन्सर्टका स्टेज मात्रै होइन मेला महोत्सवमा समेत फेसन सो हुन थालेका छन् । पोखरा औद्योगिक व्यापार मेलामा हामीले पनि फेसन सो गरेका थियौँ ।’
फेसन सो कार्यक्रम गर्न विज्ञापनदाताले पनि सहयोग गर्ने भएकाले कार्यक्रम आयोजक यस्ता कार्यक्रमतिर आकर्षित भएका हुन् । पोखरामा ट्रेनर नेपालले पनि मेला–महोत्सवदेखि तारे होटलमा फेसन सो गर्ने गरेको छ । ‘केही वर्Èयता पोखरामा धेरै फेसन सो हुन थालेका छन्,’ ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ भन्छन्, ‘गर्मीयामको सुरुवातस“गै ¥याम्प सोको सिजन सुरु भएको छ ।’ सुन्दरी प्रतियोगितादेखि फेसन सो कार्यक्रम नियमित गर्नेमध्येमा अग्रपक्तिमा पर्छ, टे«नर नेपाल ।
‘पोखरामा फेसन सोका पारखी धेरै छन् । जो महँगो टिकट तिरेर पनि फेसन सो हेर्न जान्छन्,’ ओम इभेन्टस्का इभेन्ट म्यानेजर अरुण गिरी भन्छन्, ‘इन्टरटेनमेन्टका लागि धेरैले फेसन सो मन पराउन थालेका छन् ।’
पहिला फेसन सो हुँदा ‘छाडापन भित्रियो’ भन्नेहरू पनि पोखरामा भएको गिरी बताउँछन् । ‘फेसन सो आयोजना भयो कि छाडापन भित्रियो भनेर गाइ“गुइ“ गर्नेहरूको जमात धेरै हुन्थ्यो । आजभोलि भने निर्धक्क भएर त्यही सो हेर्न पुग्छन्,’ उनी भन्छन् ।


¥याम्पमा उत्रिने मोडलहरूलाई आयोजकले ढिलै भए पनि पारिश्रमिक दिन थालेका छन् । त्यसैले पनि ¥याम्पमा हि“ड्न युवायुवतीको भीड लाग्न थालेको छ । प्रवेश शुल्क तिरेरै पनि फेसन सो हेर्न पुग्नेहरू पनि छन् यहाँ । अन्य शहरबाट पोखरामा आई फेसन सो गर्ने चलन पनि बढेको छ । सेलिब्रिटीलाई ल्याएर यस्ता सो हु“दै आएका छन् ।

तस्बिरः सुरज श्रेष्ठ

 

 

Leave A Comment