‘समस्यैसमस्यामा बाँचेका हामी’

शनिबार, १८ असार २०७३, ०३ : ३३ गोपाल दाहाल , Kathmandu
‘समस्यैसमस्यामा बाँचेका हामी’

राजु श्रेष्ठ, चालक
को १ च ६९८८

कुन रुट हो गुरुको ?
रुटको गाडी होइन । रिजर्भमा जहाँसुकै गइन्छ ।
कति भयो गाडी लाइनमा लाग्नुभएको ?
२०३७ सालदेखि लागेको हुँ ।
गाडी लिएर कहाँकहाँ जानुहुन्छ ?
नजिकैदेखि काँकडभिट्टा, राजविराज, विराटनगर, धनकुटा, हिले, वसन्तपुर आदि ठाउँमा गइन्छ ।
आम्दानी कस्तो छ ?
ठीकै छ । राम्रो चिनजान भयो भने राम्रो हुने हो । राम्रो हुँदा महिनामा ३०÷४० हजारसम्म बच्छ ।
गाडी आफ्नै हो ?
अहिले आफ्नै हो । पहिला चाहिँ अरूको गाडी पनि कुदाएँ ।
बर्खा लाग्यो, कस्ताकस्ता समस्या आउँछन् ?
समस्यैसमस्यामा बाँचेका छौँ हामी । सबैभन्दा ठूलो समस्या बाटो सानो छ । खाल्टाखुल्टी छन् । त्यसमाथि ट्राफिकको ज्यादती छ ।
ट्राफिकले कस्तो ज्यादती गर्छन् ?
पहिले फाइन भनेर एक सय, दुई सयमा काम चल्थ्यो । अहिले हजार, पन्ध्र सय भन्छन् । गाडीमा खोज्यो भने त कुनै न कुनै त्रुटि भेटिहालिन्छ नि ।
अहिलेसम्म अप्रिय घटनामा पर्नुभएको छ ?
म सुरक्षित तरिकाले कुदाउने मान्छे । अहिलेसम्म एकपटक पनि दुर्घटनामा परेको छैन ।
गाडी लाइनको मुख्य समस्या के हो ?
मुख्य समस्या त स्थानीय सरकार छैन । सडक विभागले हेर्दैन । स्थानीय सरकार नहुँदा सबैले दुःख पाइरहेका छन् । स्थानीय सरकार भए त हामीले भन्दा आवाज पनि पुग्छ । अहिले हाम्रो आवाज पुग्ने ठाउँ नै छैन ।
यात्राका क्रममा कस्ताकस्ता यात्रु भेटिन्छन् ?
यात्रुहरू त राम्रै हुन्छन् । आफूले राम्रो व्यवहार गरे सबै राम्रा ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
सुनिन्छ नारायण गोपाल, दीप श्रेष्ठका गीतहरू ।
फिल्म हेर्नुहुन्छ ?
गाडीमा कुदाउँदै ठीक हुन्छ । भ्याए पो हेर्नु ।

 

Leave A Comment