मालिङको गाउँ चिनारी

शनिबार, २७ जेठ २०७४, ०२ : २० शुक्रवार , Kathmandu
मालिङको गाउँ चिनारी

लमजुङ जिल्लाको क्होला सोँथर गाउँपालिकास्थित ‘मालिङको गाउँ चिनारी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गौमती मालिङ्ग तमु समाजद्वारा निर्माण गरिएको म्युजिक भिडियो कोन्मे इन्टरटेन्ट्मेन्टको ब्यानरमा बनेको हो । रसिला गुरुङको निर्देशन रहेको म्युजिक भिडियोको छाँयाङ्कन तथा सम्पादन सन्तोष कोन्मेले गरेका हुन् । आधुनिक प्रविधिको प्रयोग गरी छाँयाङ्कन गरिएको हुँदा भिडियो राम्रो भएको सन्तोष कोन्मेले बताए । भिडियोमा ड्रोनबाट हवाई दृश्य पनि कैद गरिएको छ ।
स्थानीय कलाकारहरू पुनम गुरुङ र मनिषा गुरुङको अभिनय रहेको उक्त गीतमा रजनी रिदम राईको स्वर रहेको छ । संगीत रोशन गुरुङले दिएका छन् । गाउँलाई राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय रूपमा प्रचारप्रसार गर्न र पर्यटन विकासमा टेवा पुर्याउन सहयोगी गीत बनाएको समाजका अध्यक्ष गंगा प्रसाद गुरुङले बताए ।

 

Leave A Comment