प्रमुख सहरमा ‘पैताला’ यात्रा

आइतबार, २८ जेठ २०७४, १२ : ४८ शुक्रवार , Kathmandu
प्रमुख सहरमा ‘पैताला’ यात्रा

गनेस पौडेलद्वारा लिखित उपन्यास ‘पैताला’ देशका प्रमुख सहरमा छलफल तथा परिचर्चा यात्रा गरिरहेको छ । गत शनिवार काठमाडौंमा यो उपन्यासको लोकापर्ण गरिएको हो । नेपाली उपन्यासमा फरक र नयाँ विषयमाथि लेखिएको भनिएको ‘पैताला’को छलफल र परिचर्चाका लागि विभिन्न सहरमा जान लागेको प्रकाशक बुकहिलमा निर्देशक भूपेन्द्र खड्काले जानकारी दिए ।
‘पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ । तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो । मैले पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु । यो तान्त्रिक उपन्यास हा’, पौडेलले भने ।  ३ सय ६३ पृष्ठको ‘पैताला’ मूल्य ४ सय रुपैयाँ रहेको छ ।

Leave A Comment