ठाउँ ठाउँमा ‘मनको बाँवरी’

शनिबार, १४ साउन २०७४, ०६ : ०७ शुक्रवार
ठाउँ ठाउँमा ‘मनको बाँवरी’

‘औँशीमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरीति अहिलेपनि समाजमा व्याप्त छ । अझै पनि यस्ता युवती विवाह नगरी बस्न बाध्य छन् । विवाह भैहाले पनि समाजबाट उनीहरुलाई तिरस्कार गर्ने प्रचलन छ । यही कुरीतिमाथि प्रहार गर्दै बनेको फिल्मको नाम हो, ‘मनको बाँवरी’ । पछिल्लो समय ‘पुरानो डुंगा’को ‘भक्ते’ चरित्रबाट चर्चा पाइरहेका फिल्मकर्मी माओत्से गुरुङको निर्देशनमा बनेको ‘मनको बाँवरी’ फिल्म पोखरामा भिआइपी र पब्लिक सो गरेपछि यसको प्रर्दशन ठाउँठाउँमा सुरु गरिएको छ । असार १० गते पब्लिक सो भएको फिल्म काठमाडौंमा पनि प्रदर्शन भइसकेको छ । साउन १४ गते बुटवल र १५ गते युकेमा प्रदर्शन हुने निर्देशक माओत्से गुरुङले जानकारी दिए । 

माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म स्याङ्जा जिल्लाको पेल्काचौर गाविसमा आसपास फिल्मको छायांकन भएको हो । फिल्ममा गमन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनुवाार, एनबी गुरुङ, सीता गुरुङ, रुपा क्षेत्री, सोनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई हरि घले लामाले खिचेका हुन् भने सरुन गुरुङ, कृष्णकुमार गुरुङ लगायतका संगीतकार रहने फिल्ममा लबसन गुरुङले कोरियोग्राफी गरेका छन् । फिल्ममा राजु गुरुङ, शर्मिला गुरुङ, सरुन गुरुङ, रोश्नी गुरुङ, निशा गुरुङको स्वर छ । फिल्म  हेमन्त गुरुङ र एन्जर्स गुरुङको संयुक्त लगानीमा निर्माण हुन भएको हो ।

Leave A Comment