‘ह्याप्पी न्यु इयर’ टाइटल पोखरामा

शनिबार, १० भदौ २०७४, ०१ : २६ शुक्रवार , Kathmandu
‘ह्याप्पी न्यु इयर’ टाइटल पोखरामा

‘ह्याप्पी न्यु इयर’को टाइटल गीतको सुटिङ सकिएको छ । अस्ट्रेलियामा छायाँकन गरिएको फिल्मको गीतको टाइटल गीत ‘ह्याप्पी न्यु इयर’ भने पोखरामा सुटिङ गरिएको हो । गीतमा पोखराको विभिन्न रमणीय ठाउँलाई समेटिएको छ । सन्ध्या केसी र कुशल थापाले अभिनय गरेको गीतमा नवराज बस्नेतले स्वर दिएका छन् । गीतको कोरियोग्राफी पोखरेली कोरियोग्रफेर रोहन नेपाली (शिव) ले गरेका हुन् । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यस फिल्मले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारी पुस १४ गते रिलिज मिति तोकेको छ ।
आरकेएम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म प्रेमकथामा आधारित छ । देवकुमार श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा मनोज अधिकारी लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा कुशल र संध्यासँगै  पुकार गौतम, ईश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेको यस फिल्ममा विनोद ढकाल, टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

 

Leave A Comment