मिस पोखरामा १७ युवती

बिहिबार, १५ भदौ २०७४, १० : २४ शुक्रवार , Kathmandu
मिस पोखरामा १७ युवती

मिस नेपालपछिको सबैभन्दा चर्चित र सर्वाधिक पुरस्कार रकम भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवाैं सिजनमा १७ जना युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । पोखरा जेसिसको आयोजनामा दुई चरणमा भएको अडिसनबाट १७ जना फाइनलका लागि छानिएका हुन् । मिस पोखरा २०१७ की विजेताले उपाधि क्राउनसँगै यामाहाको फेसिनो स्कुटर, पचास हजार रुपैयाँ र अन्य आकर्षक उपहारहरु पाउने छिन् । फस्ट रनर अपले उपाधि क्राउनसँगै तीस हजार रुपैयाँ र अन्य आकर्षक उपहार, सेकेन्ड रनरअपले उपाधि क्राउनसँगै बीस हजार रुपैयाँ र अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् भने अन्य दस वटा विभिन्न सबटाइटलमा पनि पुरस्कृत गरिने प्रतियोगिता संयोजक सन्तोष शाहीले जानकारी दिए ।

मिस पोखरा अन्य सौन्दर्य प्रतियोगिताभन्दा महत्वपूर्ण रहेको र मिस पोखरा बन्न सफल प्रतियोगीले सोझै मिस नेपालको ट्रेनिङमा प्रवेश पाउने पोखरा जेसिसका अध्यक्ष शिव कोइरालाले बताए । सन् १९९४ देखि नेपालमा मिस नेपालको सुरुवातसँगै १९९५ सालमा पोखराबाट सुरु गरिएको मिस पोखरा मोफसलमै गरिने पहिलो सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असोज ५ गते घटस्थापनाको दिन विविध सांगीतिक कार्यक्रमका साथमा हुने कोइरालाले जानकारी दिए ।

नागरिक पश्चिमेलीको प्रस्तुति रहेको मिस पोखरा २०१७ लाई सफल बनाउन विभिन्न व्यापारिक प्रतिष्ठानले सहकार्य गरेका छन् । मुख्य प्रायोजक मेट्स इन्टरनेसनल एजुकेसन एन्ड भिजा सर्भिसेज, सहप्रायोजक यामाहाको फेसिनो स्कुटर, प्रायोजक बेकल्यान्ड फुड्स रहेको छ । विशेष सहयोगीको रुपमा पोखरा लेखनाथ महानगरपालिका छ । त्यस्तै बैंकिङ पार्टनर गण्डकी विकास बैंक लिमिटेड, हस्पिटालिटी पार्टनर होटल पोखरा बाटिका, होटल पार्टनर डाँफे होटल, ट्राभल पार्टनर कम्युनिटी नेपाल ट्राभल एन्ड टुर्स, साउन्ड पार्टनर एसके साउन्ड एन्ड लाइट, टिभी पार्टनर एबिसी टेलिभिजन, रेडियो पार्टनर बिग एफएम, अनलाइन पार्टनर एसटुप्रोडक्सन र गन्थनडटकम, रेस्टुराँ पार्टनर डिलाइट रेस्टुरेन्ट र परिकार रेस्टुरेन्ट, एनिमेसन पार्टनर मिरर किङ्ग प्रा.लि. रहेको कार्यक्रमका मूल संयोजक शिव सापकोटाले जानकारी गराए ।

Leave A Comment